Logo

शुक्रवार, आश्विन ९ २०७७Sep 25 2020

images

केन्द्रीय बैंकले १३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

केन्द्रीय बैंकले १३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

सोमवार, भाद्र २९ २०७७

  • 593
    SHARES

  • केन्द्रीय बैंकले १३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने
    काठमाडौं, भदौ । केन्द्रीय बैंकले ट्रेजरी बिलमार्फत १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । मंगलबार (भदौ ३० गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । 
     
    राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ साल असोज २७ गते परिपक्व हुनेछ । यसैगरी, ९१ दिनका लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ ।
     
    यो ट्रेजरी २०७७ मंसिर ३० गते परिपक्वव हुनेछ । त्यस्तै, १८२ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो ट्रेजरी २०७७ चैत ३ गते परिपक्व हुनेछ ।
     
    साथै, १ वर्षका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी हुनेछ । यो २०७८ भदौ २९ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

    भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
     
    व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथावित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
     
    बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखीक्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

    सोमवार, भाद्र २९ २०७७१२:५९:२०

    डेमो खबर

    सम्बन्धित समाचार