Logo

बुधवार, आश्विन ७ २०७७Sep 23 2020

images
images
मन्त्रिपरिषद् बैठक

आज बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै , महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी

आज बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै , महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी

सोमवार, भाद्र २९ २०७७

  • 5.0K
    SHARES

  • आज बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै , महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी

    काठमाडौं, भदौ ।  सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो 
    । 
    आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्दैछ  ।

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख तथा सदस्य र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ । 

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल र अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल आइतबार सकिएको छ ।

    त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली छ ।  

    सोमवार, भाद्र २९ २०७७१२:१०:३७

    डेमो खबर

    सम्बन्धित समाचार