Logo

बुधवार, आश्विन ७ २०७७Sep 23 2020

images
images

जापानी खेलाडी नाओमी ओशाका बनिन् युएस ओपन च्याम्पियन

जापानी खेलाडी नाओमी ओशाका बनिन् युएस ओपन च्याम्पियन

आइतवार, भाद्र २८ २०७७

  • 161
    SHARES

  • जापानी खेलाडी नाओमी ओशाका बनिन् युएस ओपन च्याम्पियन

    काठमाडौं, भदौ । जापानी खेलाडी नाओमी ओशाका पुनः युएस ओपन च्याम्पियन बनेकी छन् ।

    न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।

    सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् ।

    सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकाले पछि त्यसपछि पछि परिन् ।

    ओशाकाले खेल जीवनमा यो तेस्रो ग्राण्डसलाम उपाधि जितेकी हुन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् । एजेन्सी

    आइतवार, भाद्र २८ २०७७११:३५:२७

    डेमो खबर

    सम्बन्धित समाचार