Logo

शुक्रवार, आश्विन ९ २०७७Sep 25 2020

images

गण्डकी प्रदेश : "३२ संक्रमित थपिए"

गण्डकी प्रदेश : "३२ संक्रमित थपिए"

आइतवार, भाद्र २८ २०७७

  • 441
    SHARES

  • गण्डकी प्रदेश  :    "३२ संक्रमित थपिए"

     

    पोखरा, भदाै  । गण्डकी प्रदेश अन्तगर्तका विभीन्न  जील्लामा  थप ३२ मा कोरोना संक्रमण पुष्टि भएको जनाइएकाे छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार, लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक मा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९३५ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार,  आइतबार बिहान ७ः५० बजे सार्वजनिक गरेको विवरण अनुसार लम्जुङको सुन्दरबजार–९ का १६ जना र बेंसिशहर–२ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।

    यसैगरी,  पूर्वी नवलपरासीको गैंडाकोटमा ६ तथा मध्यविन्दु र हुप्सेकोटका १–१ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको पुतलीबजारका ३  र बिरुवाका १ मा पनि संक्रमण पुष्टि भएको छ ।

    कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ की २० वर्षीया महिला र वडा नं. ९ की ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैगरी, तनहुँको भानु नगरपालिका ४ का ५० वर्षीय पुरुष पनि संक्रमित भएका स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

    आइतवार, भाद्र २८ २०७७१०:०२:१३

    डेमो खबर

    सम्बन्धित समाचार