Logo

बुधवार, आश्विन ७ २०७७Sep 23 2020

images
images

विदेशमा यो साता : '४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि’

विदेशमा यो साता : '४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि’

आइतवार, भाद्र २८ २०७७

  • 345
    SHARES

  • विदेशमा यो साता  : '४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि’

     काठमाडौं,भदाै  । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको यो साता मृत्यु पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

    गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

    योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले जानकारी दिएको समितिले जनाएको छ ।

    यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २४३ पुगेको स्वास्थ्य समितिले  जनाएकाे छ । 

    कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

    कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।

    हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७१० जना नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ ।

    साउदीमा ६० शव अलपत्र 

    साउदीस्थित नेपाली राजदूताबासका अनुसार साउदी अरबमा कोरोना लगायत अन्य विभिन्न कारणले मृत्यु भएका ६० जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ ।

    साउदी अरबका लागि नेपाली राजदूत डा. राजपुतले ती शव नेपाल पठाउने प्रक्रियामा रहेको जानकारी दिए । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय जना नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

    यसैबीच, गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गरेका छन् ।

     

     

    आइतवार, भाद्र २८ २०७७०९:४२:२६

    डेमो खबर

    सम्बन्धित समाचार