Logo

शुक्रवार, आश्विन ९ २०७७Sep 25 2020

images

प्रदेश ५ : १७७ कृषि प्राविधिकलाई जागिर खुल्यो'

प्रदेश ५ : १७७ कृषि प्राविधिकलाई जागिर खुल्यो'

शनिवार, भाद्र २७ २०७७

  • 373
    SHARES

  • प्रदेश ५ :  १७७ कृषि प्राविधिकलाई जागिर खुल्यो'

     

    काठमाडौं, भदौ । प्रदेश नं. ५ मा १७७ जना कृषि प्राविधिकका लागिर नयाँ जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो ।

    प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

    कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । यसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने मन्त्रालयले जनाएको छ ।

    शैक्षिक प्रमाणपत्रलाइ ५० प्रतिशत अंकभार दिएर प्रतिस्पर्धीको मूल्यांकन गरिने भएको छ ।

    शनिवार, भाद्र २७ २०७७०९:३१:४८

    डेमो खबर

    सम्बन्धित समाचार