Logo

शुक्रवार, मंसिर १२ २०७७Nov 27 2020

images
केभिड – १९ महामारीमा सामाजिक अभियन्ता 

सरकारले जनतालाई भन्नसकेन : ‘राहत प्याकेज ल्याएको छौ, तपाइँहरु नआत्तिनुस, सरकार छ’

सरकारले जनतालाई भन्नसकेन : ‘राहत प्याकेज ल्याएको छौ, तपाइँहरु नआत्तिनुस, सरकार छ’

बुधवार, भाद्र २४ २०७७

  • 1.4K
    SHARES

  • सरकारले जनतालाई भन्नसकेन : ‘राहत प्याकेज ल्याएको छौ, तपाइँहरु नआत्तिनुस, सरकार छ’

     


    समाज परिवर्तनका बाहक सामाजिक अभियन्ता हुन । सामाजिक अभियन्ता भन्नसाथ सामाजिक सेवाको माध्याम वा एउटा राजनीतिक कार्यकर्ताको हैसियतबाट सामाजिक रुपान्तरणमा योगदान दिने बर्गहरु हुन । अहिले समाजले राखेको चहना र खोजेको सेवा भनेको कोभिड– १९ को महामारीबाट बच्नु नै हो ।  र, अहिले यिनै सामाजिक अभियन्ता हुन या राजनीतिक कार्यकर्ता हुन उनीहरु  समाज परिवर्तन गर्न चाहनेहरु केभिड – १९, सँग जोड्ने कोसिसमा छन ।  आफू सामाजिक अभियन्ता र समाजको सचेत सदस्य भएको नाताले यस्तो अवस्थामा केही गरेर जानसके समाज तथा आफू र आफ्ना आगामी पुस्ताले स्मरण गर्नेछन भन्ने सोच राख्दछन र यही भावनाले सामाजिक अभियन्ता बन्दछन । तर, समाज परिवर्तन गर्न शब्द तथा भनाइले मात्र पर्याप्त देखिएन । 
    अहिले बिश्वब्यापी रुपमा फैलिएको  कोरोना भाइरस २०१९ ले  त्रसित मानसिकता र समाजमा आफ्नो परिवारसँगै डराएर बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा  त्यस्तो माग भएकोे समाजलाई रुपान्तरण गर्न कार्यकर्ता  तथा अभियन्ताहरु समाजमा जति देखापरे तिनीहरुबाट सोचेजस्तो र भनेजस्तो त्यो पर्याप्त सेवा पाएनन् र रहेनछ पनि ।  त्यो केवल शब्दसँग मात्र खेल खेल्दा रहेछन भन्ने कुरा पुष्टि भएको देखिन्छ । समजमा एकातर्फ भोक छ भने अर्कोतर्फ रोगसँग भिड्नैपर्ने अवस्था छ । यसले समाजको चाहनालाई संबोधन गर्न कठिन बनाएको र अभियन्ताहरु सफल पनि देखिएनन् ।
    हुनत यो सन्दर्भ नेपालको मात्र होइन । तरपनि हामीले  शक्ति राष्ट्रहरुसँग तुलना गर्न पनि सकेनौ । र, उनीहरुले गरेको बुझ्न पनि खोजेनौ । शामीले आफ्नो देशमा के गरिरहेको छौ भन्ने कुरा मनन् पनि गरेनौ । के गर्नुपर्छ भन्नेमा हाम्रो ध्यान पनि गएन । सामजले खोजेको र गर्नुपर्ने कुरामा पनि खासै चासो गएन । र एउटै रह्यो,  राष्ट्र असफल भयो भन्ने जमात (भिड) मात्रै देखियो । यसले कतिपय कुरा त्यसमा सीमित हुन्छन होला तर समाजमा हुने घट्नाक्रम त समाजसँग नै रहन्छ र पछिसम्म देखिन्छ पनि होला नि त ! अभियन्ताले यो सोचेको देखिदैन । 
    आज हामी गरिव देशका जनताका रुपमा परिचित छौ । भोकको चपेटामा परेर मर्नपर्ने अवस्था छ ।  समाजले हेर्ने र प्रत्यक्ष ब्यहोर्ने कुरा विभिन्नमध्ये बजार पनि एक हो । ‘जहाँ गाह्रो त्यही साह्रो’ भने जस्तो बजार मूल्य हेर्ने हो भने आल ुजस्तो बस्तुको मूल्य नि अहिले २५० रुपियाँ धार्नी पुगेको छ ।  कोभिड –१९ ले काम गर्ने अवसर सबैजसो गुमाएको देखिन्छ  भने महंगीले मानिस मर्नु कि बाँच्नुको अवस्थामा पु¥याएको छ । यो अवस्थामा समाजले खोजेको कुरामा हामी कहाँनेर सहयोगी बन्नसक्यौँ त ? 
    सामाजिक अभियन्ताहरु त्यही समाजको राजनीतिक हिसावले ओहदामा होलान वा  अभियन्ताको रुपमा मात्रै होलान । खोइत ! महंगी नियन्त्रण । देशमा नै जताततै उत्पादन हुने, हुनसक्ने आलुको मूल्य नै के कारणले एकाएक धार्नीको २५० पुग्यो ? कहीँ कतैबाट न लेखाजोखा छ, न गर्ने प्रयास गरिएको छ ।   केभिड–१९ को बहाना, नामले सजिलो बनाइदियो, यसले समाजलाई कस्तो असर पारेको छ ? यो कहीँ कतैबाट हेरिएन । 
    अहिले अवस्था यस्तो छ कि ३ बर्षको बच्चाले नि बिहान उठ्दा बित्तिकै आज कोरोनाले कतिजना मरेछन बाबा भनेर सोध्छन । यसो हेर्दा सरकारको काम खाली डाटा दिने मात्रै देखियो । जनताका निम्ति यो सुविधा र सेवाको ब्यवस्था छ भनेर भन्न कहीँ कतैबाट सकेनौ । अहिले राज्य सत्ताबाट बैदेशिक सहयोग भित्र्याउने, अनि समस्या देखाएर जनता त्रसित बनाउने काम भयो । आखिर के देश र जनता यस्तो  महामारीमा परेका बेला सरकारको काम यही हो त ?  सरकारले  यो भन्न सकेन कि जनतालाई – ‘हामीले यो राहत प्याकेज ल्याएको छौ, तपाइँहरु नआत्तिनुस, जनतालाई पर्दा सरकार छ’ भनेर अप्ठयारोमा मल्हम लगाउन खोजेको ? 
    रोग भनेको कुनै न कुनै रुपमा निरन्तर आइराखेको हुन्छ । किन सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउन चाहनेले  यो कुरा गर्दैनन् ।  यस्तो अवस्थामा बिदेशीले गरेको राम्रो कुरा नल्याउने, नराम्रा कुरा चाहिँ गरेर जनता तर्साउने ! यस्तो कुरा कुन निकायबाट सुनवाई हुन्छ ? कसले उठाउँछ ?
    परीक्षणको बहानामा बिदेशी दाताबाट ल्याएको रकम झ्वाम पार्ने अनि सरकारसँग  साधन स्रोत छैन भन्ने ? अस्पतालमा आइसियू, सिसियू र भेन्टिलेटर खाली छैन भन्दै सरकार नै जनतालाई तर्साएर एकातिर  मानसिक रोगी बनाउदैछ भने अर्कातिर केही रोग नभए पनि आत्तिएर नै मर्ने वातावरण बनाउँदैछ ।  यो बिषयमा सचेतना ल्याउन जरुरी छ ।  मानसिक तनावले आत्महत्या गर्नेको सङख्या बढ्दैछ । यसका लागि सरकारले सम्बोधन गरेको खै !
    यससँगै काठमाडौँलगायतका विभिन्न ठूला सहरमा बिदेशबाट आएर बस्ने प्रशस्त छन, उनीहरुको संरक्षण गर्ने कि तिमीहरु घरमै बसे वा  हेरचाह नपाएर मरिराख भन्ने हो ? खोईत ! हामी अन्य ठाउँबाट आएकालाई रोक्न सक्दैनौ भन्ने किन यस्तो भइराखेको छ त ? 
    परिस्थिति र वातावरण हेर्दा अब  हामी सरकारको मुख मात्र  हेरेर  बस्ने हो भने समाज भयावह अवस्थातिर जाँदैछ ।  त्यसै हामी  सामाजिक अभियन्ताको रुपमा लाग्नेहरुले जेो जहाँ र जुन समाजमा छौ जोखिम न्यूनीकरणका उपायहरु अपनाउँदे समाजलाई भयरहित बनाउन लाग्न जरुरी छ ।  यो कोभिड –१९ तुरुन्त समाप्त हुने होईन । यो पूर्ण नियन्त्रणमा आउदैन । यदी यो ४ – ५ बर्ष रहेमा हाम्रो जस्तो देशमा अशान्ति फैलिने समाज बिद्रोहको बाटोमा जानसक्छ । यो कोभिड –१९  भन्दा अझ घातक हुन्छ  ।  
    यसलाई राज्य सत्तामा बस्नेलगायत सामाजिक अभियन्ता सबैले बुझ्न जरुरी छ । समयमै  यस्को नियन्त्रण, संबोधन र  ब्यवस्थापन गर्न सरकार चुक्नुहँुदैन  । यसो गर्न नसकिएमा सरकार त आउँछ, जान्छ तर देशलाई हानी र खतरा पुग्छ । 

    (लेखक : सामाजिक कार्यकर्ता तथा सभापति, नेपाली काँग्रेस वडा नं ४, काठमाडाँै महानगरपालिका ।)

    बुधवार, भाद्र २४ २०७७११:१३:२१

    रामप्रसाद न्योपाने

    सम्बन्धित समाचार