Logo

शुक्रवार, आश्विन ९ २०७७Sep 25 2020

images

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

बुधवार, भाद्र २४ २०७७

  • 293
    SHARES

  • चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

    काठमाडौं, भदौ  । चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको महाराजगञ्ज स्थित मेट्राे अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए।

    स्वास्थ्यमा समस्या भएर उनलाई सोमबार अस्पताल लगिएको सन्तोषले बताए । ‘उहाँको कलेजोमा समस्या देखिएको थियो, आज बिहान बित्नु भयो।’

    सन् २०१४ मा दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र सम्वाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । गुरुङले सन् २०१६ को चलचित्र ‘क्लासिक’, सन् २०१७ को चलचित्र ‘डायरी’ र सन् २०१९ को चलचित्र ‘ए मेरो हजुर’ को कथा लेखेका थिए।

    यस्तै सन् २०१८ को चलचित्र डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन गुरुङले गरेका थिए । पछिल्लो समय छेतन ‘हुतुतु’ लेखिरहेका थिए।

    गुरुङले डेब्यु गरेकाे चलचित्र नोभेम्बर रेनबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड प्राप्त गरेका थिए ।

    गुरुङको लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारीमा छ।

    २०३५ साल माघ २२ गते जन्मिएका गुरुङको ४२ वर्षको उमेरमा निधन भएको हाे। उनको अन्तिम सँस्कार बिहीबार गर्ने तयारी गरिएको सन्तोष सेनले बाताए।

    बुधवार, भाद्र २४ २०७७११:०८:१९

    डेमो खबर

    सम्बन्धित समाचार