Logo

बुधवार, आश्विन ७ २०७७Sep 23 2020

images
images
सिसिएमसिकाे सार्वजनिक सूचना

कोरोना भाइरस प्रभाव : "विदेशमा  अलपत्र साढे ५३ हजार नेपाली फर्किए"

कोरोना भाइरस प्रभाव : "विदेशमा  अलपत्र साढे ५३ हजार नेपाली फर्किए"

आइतवार, भाद्र १४ २०७७

  • 1.3K
    SHARES

  • कोरोना भाइरस प्रभाव :   "विदेशमा  अलपत्र  साढे ५३ हजार नेपाली  फर्किए"

     

    काठमाडौँ, भदौ  । कोरोनाका कारण समस्यामा परी  विदेशमा  अलपत्र परी फर्कनै पर्ने अवस्थामा रहेका ५३ हजार नेपालीलाई सरकारले उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आजसम्मको तथ्याङक अनुसार हालसम्म ५८ देशमध्ये सबैभन्दा बढी १५ हजार २१० जना नेपाली युएइबाट फर्किएका छन् ।

    दोस्रो फर्किने मुलुक मलेसियाबाट आठ हजार २७६ जना नेपाली स्वदेश फर्किएका छन् । तेस्रोमा साउदीबाट आठ हजार २२८, कुवेतबाट छहजार ३२० जना नेपाली स्वदेश आएका छन् ।

    यस्तै, कतारबाट पाँच हजार ७३९ जना स्वदेश फर्किएका छन् । यो अवधिमा जापानबाट एकहजार २८२ जना नेपाली स्वदेश फर्किएका छन् भने अस्ट्रेलियाबाट एक हजार ८७ जना स्वदेश फर्किएको उल्लेख छ । दक्षिण कोरियाबाट ९६७ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ८६५ जना फर्किएको सिसिएमसिले बताएको छ ।

    यसैगरी, माल्दिभ्सबाट ७०९ जना फर्किएकोमा ओमानबाट ६६७ जना नेपाली स्वदेश फर्किएका छन् । हाल सम्म संयुक्त राज्य अमेरिकाबाट ५९१ जना नेपाली स्वदेश फर्किएको बताइएको छ । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ३२६, संयुक्त अधिराज्य (बेलायत)बाट २४४ जना स्वदेश फर्किए ।
    कोरोना भाइरसबाट सबैभन्दा पहिला उद्धार गरिएको छिमेकी मुलुक चीनबाट अहिलेसम्म २०८ जनाको उद्वार गरिएको छ ।
    फर्कनै पर्ने अवस्थामा परी सोमालियाबाट एकजना मात्रै नेपाली स्वदेश फर्किएको सिसिएमसिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
    यस्तै सयभन्दा कम सङ्ख्यामा नेपाली स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

    साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् ।
    सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको छ ।

    आइतवार, भाद्र १४ २०७७०८:५८:५६

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार