Logo

शुक्रवार, आश्विन ९ २०७७Sep 25 2020

images
कोभिड–१९- विरुद्धको खोप

कोरोनाविरुद्धको चिनियाँ खोप : 'इन्डोनेसियामा तेस्रो चरणको सफल परीक्षण हुँदै'

कोरोनाविरुद्धको चिनियाँ खोप : 'इन्डोनेसियामा तेस्रो चरणको सफल परीक्षण हुँदै'

मंगलवार, श्रावण २७ २०७७

  • 1.2K
    SHARES

  • कोरोनाविरुद्धको चिनियाँ खोप  : 'इन्डोनेसियामा तेस्रो चरणको सफल परीक्षण  हुँदै'

     

    इन्डोनेसिया, साउन । लामाे समयदेिख अनुसन्धानमा रहेकाे काेभीड १९  भाइरसकाे खाेप पता लाग्ने अाशा िवश्वले राखेकाे छ । हालकाे  चीनको सिनोभ्याक बायोटेक लिमिटेडले इन्डोनेसियामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो वा अन्तिम चरणको परीक्षण शुरु गरेको छ ।

    सिनोभ्याकले इन्डोनेसियाको पीर बायो फर्मासँग मिलेर यो खोप बनाएको हो । मंगलबार शुरु भएको यो चरणको परीक्षण एक हजार ६२० संक्रमितमा गरिएको हो ।

    सोमबार सिनोभ्याकले दोस्रो चरणको नतिजा पनि सार्वजनिक गरेको छ । दोस्रो चरणमा यो खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित पनि देखिएको छ । कोरोना भाइरसविरुद्धको खोप निर्माणको क्रममा अन्तिम चरणको परीक्षणमा पुगेका केही कम्पनीमध्ये सिनोभ्याक पनि एक हो ।

    यसअघि नै यो कम्पनीले ब्राजिलमा आफ्नो तेस्रो चरणको कोरोना भाइरस विरुद्धको परीक्षण शुरु गरिसकेको छ । साथै सिनोभ्याकले बंगलादेशमा पनि आफ्नो खोपको परीक्षण गर्ने तयारी गरिरहेको छ ।

    इन्डोनेसियामा कोरोना भाइरसका संक्रमितको संख्या एकलाख २७ हजार नाघिसकेको छ । चीनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या निकै कम रहेकाले चिनियाँ कम्पनीले अन्य मुलुकमा खोप परीक्षण गरिरहेको छ ।

    स्रोत : रोयटर्स

    मंगलवार, श्रावण २७ २०७७०७:४५:४०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार