Logo

शुक्रवार, आश्विन ९ २०७७Sep 25 2020

images
कोरोना भाइरस : संक्रमित बढ्दै

एउटै टोलका आठलाई कोरोना संक्रमण : 'गहना पोखरी–हाँडीगाउँ क्षेत्र सिल'

एउटै टोलका आठलाई कोरोना संक्रमण : 'गहना पोखरी–हाँडीगाउँ क्षेत्र सिल'

शनिवार, श्रावण २४ २०७७

  • 2.9K
    SHARES

  • एउटै टोलका आठलाई कोरोना संक्रमण  :  'गहना पोखरी–हाँडीगाउँ क्षेत्र सिल'

     

    काठमाडौं, साउन  । काठमाडौंको एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहना पोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेका छन  ।  सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले  जनाएका छन । 

    संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

    उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो । वडा अध्यक्ष डंगोलले भने, ‘अहिलेलाई सिल गरेका छौं । भोलि मेरै अध्यक्षतामा रहेको कोभिड–१९ सम्बन्धी समितिको बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’

    शनिवार, श्रावण २४ २०७७०२:२४:१६
    सम्बन्धित समाचार