images
Logo

बुधवार, श्रावण २८ २०७७Aug 12 2020

images
images

खोलामा बगेका तथा फसेका तीनजनाको सकुशल उद्धार

खोलामा बगेका तथा फसेका तीनजनाको सकुशल उद्धार

  • शनिवार, श्रावण १७ २०७७


  • खोलामा बगेका तथा फसेका तीनजनाको सकुशल उद्धार

    काठमाडौं,  साउन । मोरङको लेटाङ्ग नगरपालिका र केराबारी गाँउपालिका भएर बग्ने दुई खोलामा बगेका तीनजनाको सकुशल उद्धार भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार शुक्रबार बेलुका केराबारीस्थित खदम खोलामा बगेका दुईजनाको उद्धार गरिएको हो ।

    images

    धनकुटाको छिन्तांगका स्थायी २४ वर्षीय रोशन राई र १९ वर्षीया ममता राईलाई खोलाले बगाउँदै गर्दा प्रहरी र स्थानीयले बचाएका थिए । केराबारी–६ स्थित नातेदारकोमा बस्दै आएका दुवैजनालाई तर्ने क्रममा खोलाले बगाएको थियो ।

    त्यसैगरि लेटाङ्ग नगरपालिकामा बेलुका जंगलबाट दाउरा लिएर फर्कने क्रममा स्थानीय सन्तोष राई पनि चिसांग खोलाको बीचको जमिनको ढिक्कामा फसेका थिए ।

    लेटाङ्ग नगरपालिकाका मेयर शंकर राईका अनुसार ४५ वर्षीय सन्तोषलाई प्रहरी, सेना र स्थानीयको संयुक्त पहलमा उद्धार गरिएको हो । खोलामा पानीको स्तर बढेसँगै उनलाई उद्धार गर्न समय लागेको उनले बताए ।

    स्थानीय तह र प्रहरीले वर्षा भइरहेको अवस्थामा खोलामा पानी बढ्ने र बहाव पनि तीव्र हुने हुदाँ खोला आसपास नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

    शनिवार, श्रावण १७ २०७७०५:२८:०१
    सम्बन्धित समाचार