आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

सन्दीप लामिछाने ट्रिनिडाड एण्ड टोबागो जाँदै, सीपीएल खेल्न उत्साहित

  • डेमो खबर

  • प्रकाशित: बिहिवार , २०७७ श्रावण  १५

काठमाडौँ,  साउन । नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आज ट्रिनिडाड एण्ड टोबागो जाँदैछन् । उनी कोरियन एअरको चार्टर्ड फ्लाइटबाट कोरिया जाने छन् ।

त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो जानेछन् । उनी अगष्ट १ मा प्रतियोगितास्थल पुग्नेछन् । अगष्ट १८ देखि हुने सीपीएलमा सन्दीपले यस सिजन जमैका तल्लावाहजबाट खेल्नेछन् । प्रतियोगिताअघि सबै खेलाडी त्यहाँ पुगेर दुई साता क्वारेन्टिन बस्नुपर्नेछ ।


ADVERTISEMENT

images

बिहीबार उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन् । यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ ।

‘त्यहाँ पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ’, लामिछानेले भने । सीपीएल खेल्न जानुअघि उनले मंगलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए । उनले परीक्षणको रिपोर्ट बुधबार प्राप्त गरेका थिए ।

‘कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ, अब ढुक्कका साथ जान पाउने भएँ, लामिछानेले भने । चार महिना लामो लकडाउन अवधिमा पट्यारलाग्दो समय व्यतित गरेका सन्दिप सीपीएल खेल्न जान पाउँदा उत्साहित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया