images
Logo

बुधवार, श्रावण २८ २०७७Aug 12 2020

images
images
कालापानीमा दार्चुला प्रशासनले कडाई गर्दै

भारतलाई नेपालले भन्यो : “नेपालीलाई नेपालको भूमिमा अवरोध नगर”

भारतलाई नेपालले भन्यो : “नेपालीलाई नेपालको भूमिमा अवरोध नगर”

  • बिहिवार, श्रावण १५ २०७७


  • भारतलाई नेपालले भन्यो : “नेपालीलाई नेपालको भूमिमा अवरोध नगर”

     


    दार्चुला, साउन । दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेश रोक्न तथा प्रवेशबारे जानकारी दिन दार्चुला प्रशासनलाई पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ ।

    images

    जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकाले नेपालीलाई बाधा-अवरोध नगर्न अनुरोध गरेको हो ।
    गृह मन्त्रालयको निर्देशनपछि मङ्गलबार धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

    दार्चुला प्रशासनले भारतलाई लेखेको पत्रमा ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा भएको सुगौली सन्धीको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य र प्रमाणबाट काली (महाकाली) नदी र सो पूर्वका लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भू-भाग रहेको भन्ने प्रष्ट भएकाले यी नेपाली भू-भागमा नेपालीको आवत जावत स्वाभाविक नै रहेको हुँदा बाधा-अड्चन नगर्न भनिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।’

    यसअघि गएको असार ३० गते भारतको धार्चुला प्रशासनले कालापानी, लिम्पियाधुरालगायत क्षेत्रमा नेपाली अवैध रुपमा चोरी-छिपी प्रवेश गरिरहेको भन्दै ती क्षेत्रमा नेपालीको प्रवेश रोक्न तथा प्रवेशबारे जानकारी गराउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो ।
    पत्रमा भनिएको थियो, ‘भारतीय क्षेत्र गुन्जी, लिपुलेक र लिम्पियाधुरामा नेपाली गुट र समूह अवैध रूपमा चोरी-छिपी सीमा पार गर्ने कोशिस गरिरहेको हामीलाई विशिष्ट सूत्रबाट जानकारी मिलेको छ ।
    मिडियाको ध्यानआकृष्ट गर्न र दुवै देशलाई समस्यामा पार्न यस्तो प्रयास भइरहेको छ । त्यसैले तपाईंको स्तरमा त्यस्तो कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त हामीलाई खबर गर्ने कष्ट गरिदिन अनुरोध छ ।

    दुईहप्ता पहिले भारतको पठाएको यो पत्रको जवाफमा दार्चुला प्रशासनले लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालकै भएको स्मरण गराउँदै उक्त क्षेत्रमा नेपालीलाई आवत जावतमा अवरोध नगर्न अनुरोध गरेको छ । अतिक्रमित नेपाली भूमिमा विगत केही वर्षदेखि नेपालीलाई प्रवेश गर्न दिइएको छैन । पछिल्लो गर्दै गएको छ ।

    गत महिनामा व्याँस गाउँपालिका-१, छाङरुमा स्थापना भएको सशस्त्र प्रहरीको बीओपीबाट सुरक्षाकर्मीले कालापानी जाने प्रयास गरे पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कालापानी जान नदिने माथिको आदेश छ भन्दै डेढ किलोमिटर तलबाटै फर्काएको थियो । विगत वर्षहरूमा मजदुरीको लागि जाने सीमा क्षेत्रका नागरिकहरूलाई समेत यो वर्ष प्रवेश गर्न नदिइएको गुनासो छ ।

    बिहिवार, श्रावण १५ २०७७०३:५१:४१
    सम्बन्धित समाचार