आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

यसरी फर्किए बामदेब ओली पक्षमा : “हतियार एजेण्ट र सुन ब्यापारीले पुर्‍याए बालुवाटार !”

ओलीको खेल : सबै भए फेल

  • डेमोखबर

  • प्रकाशित: बुधवार , २०७७ श्रावण  १४



काठमाडौं, साउन । नेकपामा लामो समयदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनु भनी चर्किएको आन्तरिक विवाद अन्तत : बामदेवको गोटीले ओलीको पल्ला भारी भएको छ । सत्तारुढ दलभित्र पदीय कारणले चुल्लिएको बिबाद उपाध्यक्ष वामदेव गौतमले गुट परिवर्तनले पार्टी र सरकारमा तरंग उत्पन्न गराएको छ ।
कसरी फर्किए त ओलीको लाईनमा बामदेव ?
यही प्रश्न अहिले नेकपाभित्र चर्चाको बिषय बनेको छ । यसभित्रका कारणमा भने सुन ब्यापारीदेखि हतियार एजेण्टसम्मले भूमिका निर्बाहा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी चरित्रमाथि धावा बोल्दै आएका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल गुटमा रहेका गौतमले एकाएक ओलीलाई राजीनामा गराउने होइन, अझ दह्लिो बनाएर फर्किए । परिस्थितिले कोल्टे फेर्नुमा यो एककसी नभई पहिलेदेखिका गृहकार्य नै हो ।
यसअघि भएका सचिवालय बैठकले नै राजीनामा माग्ने भनेपछि हतियार ॅसप्लाईॅ एजेण्टले बालुवाटारमा ओली र बामदेवलाई भेटाएर सरकारलाई सहयोग पुर्‍याउन बामदेवलाइ आग्रह गरिएको थियो ।
जुन अहिले १० हजार थान अमेरिकी हतियार किन्ने निणर्य भएको छ तिनैले राखेका र त्यसको कमिशन बामदेवका सम्म पुग्नेगरी मिलाइएको थियो र तत्काल पनि बामदेव कै कारण सचिवालय बैठकले निणर्य गर्न सकेको थिएन । त्यसँगै बामदेव बिस्तारै पछि हटेका थिए । र अहिले १० हजार थान अमेरिक िहतियार खरिद गनै प्रक्रिया अघि बढिसकेको छ ।
अर्को रह्यो सुनका कारोबारी । यो बिबाद चर्किएसँगै करिव एक हप्ताअघि कोटेश्वर क्षेत्रमा बस्ने एक सुनका कारोवारीले बालुवाटारमा बामदेव, ओली र अझ प्रचण्डसहितको भेटघाट तथा भोज नै राखेर ओलीको पक्षमा रहन र सरकारलाई सहयोग गर्न छलफल गरिएको थियो । र हिजो बिहान नै कमलादी क्षेत्रमा १५ किलो सुन पक्राउ पर्नु पनि यो नियोजित नै हो । र, त्यही कमलादी नजिक बालुवाटारमा चोज गराउने कोटेश्वरतिरका ती सुनका ब्यापारीको कार्यालय छ । र, ती ब्यापारीे बामदेव निकट मानिन्छन ।
अब रह्यो तेस्रो प्रसंगः प्रधानमन्त्री के पी शर्मा ओलीले कालापानी नेपालको भनेर नक्सा निकालेपछि भारत उनीसँग चिढिएको थियो । र जसरी हुन्छ प्रधानमन्त्री ओलीलाई हटाउने भनेर भारतीय खुफिया एजेन्सी ॅरअ’ का मुख्य पदाधिकारी नेपाल बसेर चलखेल गरे । त्यो चलखेलमा प्रचण्डलाई अघि सारियो । बामदेव गौतमले यो थाहा पाएपछि भारतको इशारामा ओलीलाई हटाएर प्रचण्डलाई स्थापित गराउन उपयुत्त हुँदैन भन्ने गौतमको ठम्याई रहेको र त्यसपछि कामदेव पछि हटेको स्रोतको भनाई छ ।
यसैपनि ॅरअ’ ले सँधै बामदेव गौतमलाई निर्बाचनमा हराउन भूमिका खेल्ने, पदमा पुर्‍याउने काममा आफ्ना एजेण्ट लगाएर बाधा पुर्‍याउने जस्ता का मगर्दै आउकाले त्यसे पनि भारतसँग त्रसित गौतम यो खेलमा त त्यसैपछि पछि हटे ।
स्थायी कमिटीको बैठकमा पनि गौतमले नै ओलीको राजीनामा मागेका थिए । एक हप्ताअघि खुमलटार पुगेका गौतमले ओलीबाट काम चल्दैन भन्दै प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडानलाई कायम राख्नुपर्ने भन्दै हिँडेका थिए ।

तिनै गौतम अहिले भने ओलीले दुवै पद छाड्नु नपर्ने ६ बुँदे प्रस्ताव लिएर पार्टीमा प्रकट भए । ओलीको दुवै पदबाट राजीनामा माग्ने ब्यक्ति वामदेव एक महिना नपुग्दै दुवै पदबाट हटाउन नहुने पक्षमा कसरी आए भन्ने प्रश्नको उत्तर भने ओली पक्षका नेताहरुले पनि भेउ पाउन सकेका छैनन् ।


ADVERTISEMENT

images

ओलीले नै अन्तर्घात गरेर बर्दियाबाट चुनाव हराएको आरोप लगाउँदै आएका गौतमले पार्टीको प्रमुख जिम्मेवारी पाउन लागेका हुन् वा होइनन् त्यो भने रहस्यकै गर्भमा छ । ओलीले गौतमलाई कार्यवाहक दिइरहँदा ईश्वर पोखरेल, सुवास नेम्वाङहरुको साथ रहन्छ कि रहँदैन भन्ने बारेमा ओली क्याम्पभित्र कुनै गृहकार्य भएको छैन।
प्रधानमन्त्रीको दावी गर्दै आएका गौतम पत्नीलाई मन्त्री बनाए चित्त बुझाउने तहमा पुगेका हुन् होइनन् त्यो भने केही दिनपछि आउने बैठकमा गौतमले दिने प्रस्तुतिबाट प्रष्ट हुने नेकपाका एक स्थायी कमिटी सदस्यले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया