शनिवार , २०७७ श्रावण  २४ ( Saturday , 2020 Aug 08 )

images

प्रधानमन्त्री ओलीले प्रचण्डाई भने : “राजीनामा दिनुपरे बरु मध्यावधिमा जान्छु”

ॅप्रचण्ड’ले ओलीलाई भने : 'अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक नपाए पार्टी बिभाजन’

  • डेमोखबर

  • प्रकाशित: शनिवार , २०७७ श्रावण  ३

 


काठमाडौं, साउन । नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको शक्ति संघर्ष टुंगिने नदेखिएपछि नेकपा विवाद केन्द्रीय कमिटी बैठक र त्यसका एजेन्डातिर मोडिएको छ । यसैका लागि शुक्रबारको स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार पनि अध्यक्षद्धयको बैठक बस्यो । हिजोको बैठकमा पनि प्रधानमन्त्रीसँग राजीनामा मागियो ।


ADVERTISEMENT

images

प्र्रधानमन्त्री के पी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’सँग आफूले राजीनामा नदिने, तर राजीनामा दिनपर्ने अवस्था आए बरु मध्यावधि निर्बाचनमा जाने बताएको स्रोतले बताएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले भने प्रधानमन्त्री ओलीलाई राजीनामा दिनुपर्ने र आफूलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा नपाए प्रधानम्रनपार्टी बिभाजनमा लाने बताएको जनाइएको छ ।
राजीनामा नदिने, तर राजीनामा दिनपर्ने गराउने बताए त्यसअघि शनिबार दुई अध्यक्षबीच संवाद र त्यसपछि सचिवालय बैठक बोलाइएको छ ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो संवादपछि पनि सहमति नभएपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसहितको बैठक बसेको थियो । त्यस बैठकमा पनि दुवै पक्षले आ-आफ्नो अडान राखेपछि कुनै सहमति जुट्न सकेको थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया