आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

पूर्वराजकुमारी पूर्णिका शाहले आफ्नो ‘प्रेम’बारे दिइन् यस्तो स्पष्टीकरण (भिडियो)

  • डेमो खबर

  • प्रकाशित: मंगलवार , २०७७ आषाढ  ३०

काठमाडौं, असार ।   पूर्वराजकुमारी (पूर्वयुवराज पारस शाहकी छोरी) पूर्णिका शाहले आफ्नो (प्रेम प्रसंग) बारे सञ्चारमाध्यममा आएका कुरा सत्य नभएको बताएकी छन्।

उनले विषयवस्तु नखुलाईकन ‘मेरो बारेमा केही कुरा छापिएको भनेर सुनें’ भन्दै त्यो कुरा सत्य नभएकाले नपत्याइदिन सबैसँग आग्रह गरेकी हुन्।


ADVERTISEMENT

images

वास्तवमा उनले भन्न खोजेको आफूले प्रेमी रोजिसकेको भनेर सञ्चारमाध्यममा आएका कुरा नपत्याउन आग्रह गरेकी हुन्।

गत बिहीबार जनआस्था साप्ताहिकले पूर्णिकाले प्रेमी रोजिसकेको खबर छापेको थियो भने त्यसलाई अन्य थुप्रै अलाइनले पनि साभार गरेका छन्।

छापेको छ भने त्यो समाचार विभिन्न अनलाइनले पनि साभार गरेका छन् । साथै सामाजिक सञ्जालमा समेत यसबारे व्यापक चर्चा भइरहेको छ ।

यसै विषयमा स्पष्टीकरण दिँदै पूर्णिमाले सामाजिक सञ्जाल टिकटकमा भिडियो सन्देश सार्वजनिक गरेकी हुन्।

मुसुमुसु हाँस्दै र लजाउँदै पूर्णिकाले भनेकी छन्, ‘मेरो बारेमा केही कुरा छापिएको भनेर सुनें, यो कुरामा केही सत्यता छैन र सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्छु।’   

फेसबुकबाट तपाईको प्रतिक्रिया