images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

मनाङ : ङिस्याङमा एमालेका कान्छा घले विजयी

मनाङ : ङिस्याङमा एमालेका कान्छा घले विजयी

शनिवार, बैशाख ३१ २०७९

  • 161
    SHARES

  • मनाङ :  ङिस्याङमा एमालेका कान्छा घले विजयी

     

    मनाङ , बैशाख । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षका एमाले उम्मेदवार कान्छा घले ८६१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।  अध्यक्षका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७ सय १३ मत ल्याएका छन् ।

    images

    कान्छा यसअघि पनि अध्यक्ष थिए । उपाध्यक्षमा एमाले समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७४४ मत ल्याएर विजयी भएका छन् । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याएका छन् । राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन् ।

    वडा नं. १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याएका छन् । व

    डा नं. २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ निर्वाचित भएका छन् । एमालेका कर्म गुरुङले ५५ मत ल्याएका छन् । वडा नं. ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भइसकेका छन् ।

    वडा नं. ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी भएका छन् । कांग्रेसका फूलमाया गुरुङले ३४ मत पाएका छन् । वडा नं. ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतका साथ विजयी भएका छन् । एमालेका सोनाम ताप्के गुरुङले १०५ मत ल्याएका छन् । वडा नं. ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भएका छन् ।

    कांग्रेसका छिरिङ ओङगेल घलेले ९७ मत ल्याएका छन् । वडा नं. ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी भएका छन् । एमालेका कान्छा गुरुङले ५५ मत ल्याएका छन् ।

    वडा नं. ८ मा एमालेका पेम्बा गुरुङ १ सय ३४ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका पेमछिरिङ गुरुङले ९८ मत ल्याएका छन् । वडा नं. ९ मा स्वतन्त्रका च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भइसकेका छन् ।

    मनाङमा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको थियो ।

    शनिवार, बैशाख ३१ २०७९११:१३:४१

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार