images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images
स्थानीय तह निर्वाचन

निर्बाचन आयोगको अनुमान :  'देशभर  ६४ प्रतिशत मतदान' 

निर्बाचन आयोगको अनुमान :  'देशभर  ६४ प्रतिशत मतदान' 

शुक्रवार, बैशाख ३० २०७९

  • 501
    SHARES

  • निर्बाचन आयोगको अनुमान :  'देशभर  ६४ प्रतिशत मतदान' 


    काठमाडौँ, बैशाख । आज भएको स्थानीय तह निर्वाचन अन्तर्गत  ६४ प्रतिशत मतदान भएको निर्बाचन आयोगले जनाएको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले,आज, शुक्रबार, विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको छ । सो मतदानमा ६४ प्रतिशत मतदान भएको जानकारी दिएका छन  ।
    ‘कतिपय ठाउँमा अहिले पनि मतदान भइरहेको छ, अहिले देशभरको यकिन तथ्यांक आइसकेको छैन, तर हामीले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार ६४ प्रतिशत मतदान भएको छ,’ उनले भने । 
    उनका अनुसार काठमाडौंमै ५२ प्रतिशत मात्रै मतदान भएको छ ।  ‘यो प्रारम्भिक तथ्यांक हो, यो बढ्न पनि सक्छ ।  तर हामी यो तथ्यांकमा खुसी छैनौँ, यो आयोगले अनुमान गरेकोभन्दा फरक तथ्य हो,’ उनले भने । आयोगले यसअघि ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरेको थियो ।
    प्रमुख निर्वाचन आयुक्त थपलियाले एकै पटक निर्वाचन हुँदा सुरक्षा प्रबन्धमा समस्या भएको महसुस भएको बताए । त्यस्तै, राजनीतिक दल र उम्मेदवारबाट समेत असहयोग भएको उनले बताए ।

     

    images

    शुक्रवार, बैशाख ३० २०७९०८:४०:२७

    डेमो खबर

    सम्बन्धित समाचार