गोरखा, बैशाख । गोरखाको भीमसेन थापा गाउँपालिका २ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी हुन् ।
उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए । गोरखाका एसपी केदार खनालले भने, माओवादी र कांग्रेस कार्यकर्ताहरु हानाहान गर्दै मतपेटिका राखेको कोठामै छिरे ।
झडपलाई नियन्णत्रमा लिन फायर खोल्दा थापाको खुट्टामा गोली लाग्न पुग्दा उनी घाइते भएका हुन् । मतपेटिका भने सुरक्षित रहेको सहायक निर्वाचन अधिकृत अधिकारीले बताए ।