images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

राजस्व चुहावट अभियोगमा मुद्दा

राजस्व चुहावट अभियोगमा मुद्दा

सोमवार, बैशाख २६ २०७९

  • 301
    SHARES

  • राजस्व चुहावट  अभियोगमा मुद्दा

     

    काठमाडौँ, वैशाख । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

    images

    विभागले काठमाडौँ महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ ।

    विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादव विरुद्ध मुद्दा दायर गरेको हो ।

    विभागले रु १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

    आरोपी अन्तरा इन्टरनेशनलले रु आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपी विरुद्ध शतप्रतिशत जरिवाना समेत गरी रु १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

    सोमवार, बैशाख २६ २०७९०८:५४:२१

    डेमो खबर

    सम्बन्धित समाचार