images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

खेलाडी विवाद : छानबिन समिति गठन

खेलाडी विवाद : छानबिन समिति गठन

आइतवार, बैशाख २५ २०७९

  • 269
    SHARES

  • खेलाडी विवाद  :  छानबिन समिति गठन

    काठमाडौँ, वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटी गठन गरेको छ ।

    एन्फाको आज बसेको कार्यसमिति बैठकले राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडी र प्रशिक्षकबीच भएको विवादको विषयमा सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समितिको गठन गरेको हो ।

    images

    एन्फाले नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो । कमिटीमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा हुनुहुन्छ ।

    कमिटीले सात दिनभित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्नेछ । मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै यही वैशाख १३ गते १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

    क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताइरीले पटकपटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीले बताउँदै आएका छन् ।

    आइतवार, बैशाख २५ २०७९०८:२२:२५

    डेमो खबर

    सम्बन्धित समाचार