images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

लागु औषधसहित एक भारतीय नागरिक पक्राउ

लागु औषधसहित एक भारतीय नागरिक पक्राउ

शुक्रवार, बैशाख २३ २०७९

  • 353
    SHARES

  • लागु औषधसहित एक भारतीय नागरिक पक्राउ

    पर्सा,वैशाख  ।पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट प्रहरीले आज विभिन्न प्रकारका लागु औषध ८७३ एम्पुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा–१० वर्ष २२ को असरफ अली रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । 

    वीरगञ्जको रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा हातमा मोबिलको डिब्बा बोकी शङ्कास्पदरूपमा भारत, रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले लागु औषधसहित अलीलाई पक्राउ गरेको थियो । 

    images

    अलीको साथबाट भेटिएको उक्त मोबिलको डिब्बामा लागु औषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको थियो । पक्राउ परेका अलीलाई लागु औषध कसुरसम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

    शुक्रवार, बैशाख २३ २०७९१०:२५:०६

    डेमो खबर

    सम्बन्धित समाचार