images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

गठबन्धनका घोषणापत्र : 'आर्थिक र भौतिक विकासको आशा'

गठबन्धनका घोषणापत्र : 'आर्थिक र भौतिक विकासको आशा'

आइतवार, बैशाख १८ २०७९

  • 377
    SHARES

  • गठबन्धनका घोषणापत्र : 'आर्थिक र भौतिक विकासको आशा'

    ही बैशाख ३० को निर्बाचनलाई तल्लो तहमा रहेका जनसमुदायको विशाल हिस्सालाई आर्थिक, सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको साझेदार बनाउने लक्ष्य पाँच दलले लिएको छ । पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा जनताका साथ लिएर आर्थिक र सामाजिक  बिकास गर्ने ध्येय लिएर परिचालित भएको उनीहरुका घोषणापत्रमा राखेर बिकास र समृद्धिका आशा बाँडेका छन ।  
    त्यसका अलावा गठबन्धनले स्थानीय तहको अधिकतम परिचालन र अघिल्लो निर्वाचनमा भनिए जस्तै गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउने लक्ष्यको आश देखाएका छन । जनताको घर–आँगनको सरकार भएकाले पनि स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषय गठबन्धनले महत्वका साथ केन्द्रमा राखेका छन ।  
    गठबन्धनका तर्फबाट देशव्यापीरूपमा सार्वजनिक भएका घोषणापत्र र त्यसले सम्बोधन गर्न खोजेका विषयले पनि स्थानीय सरकार आफैँमा महत्वपूर्ण रहेको तथ्यलाई आत्मसात् गरिएको छ । माओवादीले ‘सामाजवादोन्मुख समृद्धिका लागि माओवादीको नेतृत्व’ भन्ने नारा लिएर आफ्ना उम्मेदवारलाई स्थानीय तहमा परिचालन गरेको छ । सङ्घीयता कार्यान्वयन भएपछि केन्द्रीयस्तरमा एकीकृत घोषणापत्र नबनाई स्थानीय तहमा नै घोषणापत्र बनाउने नीति माओवादीले पहिलो पटक कार्यान्वयनमा ल्याएको हो । 
    “सङ्घीय निर्वाचन भएको भए केन्द्रीयस्तरमा नै घोषणापत्र बनाउनु आवश्यक हुन्थ्यो । यो त स्थानीय सरकारको निर्वाचन हो । जुन पालिकामा जुन खालको घोषणापत्र आवश्यक पर्छ, सोही आधारमा नै घोषणापत्र तय गरिएको छ”, माओवादीका प्रवक्ता कृष्णबहादुर महराले बताएका छन । 
    गठबन्धनका तर्फबाट पोखरा महानगरपालिका, घोराही उपमहानगरपालिकामा साझा घोषणापत्र तयार पारेर निर्वाचन अभियानमा होमिइसकेका छन् । काठमाडौँ उपत्यकाका काठमाडौँ र ललितपुर, चितवनको भरतपुर, वीरगञ्ज, विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट साझा घोषणापत्र तयार पारेर निर्वाचनमा केन्द्रित हुने तयारी छ । 
    गठबन्धनले निर्वाचनका लागि संयुक्त निर्वाचन परिचालन कार्यालय, संयुक्त प्रचार टोली तथा आवश्यक तयारीका कामसमेत अगाडि बढाएका छन् । घोराही उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट अगाडि सारिएका उम्मेदवारको पक्षमा वडासम्म नै संयुक्तरूपमा परिचालित भएको कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको बताउँछन । 
    वडासम्म नै कांग्रेस, माओवादी र जनमोर्चाबीच तालमेल भएकाले प्रमुख, उपप्रमुखसहित वडासम्म नै संयुक्तरूपमा परिचालित भएको जनाएका छन ।  कांग्रेस र माओवादी केन्द्रले सर्वसम्मत् उम्मेदवार छनोट गर्नु तथा एकढिक्का भएर नेता कार्यकर्ता चुनाव प्रचारमा लाग्नुले गठबन्धनको जितप्रति कुनै शङ्का गर्न नहुने कांग्रेसकी नेतृ एवं सांसद अनिता देवकोटा धारणा राख्छिन ।  
    आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैङ्गिक समानतालगायत मौलिक हकको कार्यान्वयन गराउने विषयलाई गठबन्धनका तर्फबाट प्रमुख रूपमा उठाइएको छ । 
    माओवादीले जनक्रान्तिको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि आफ्नोे नेतृत्व वर्तमानको अपरिहार्यता भएको दाबी गरेको छ । त्यसका लागि ‘समाजवादोन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ भन्ने नारा तय गरिएको माओवादीले जनाएको छ ।
    सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको ढाँचामा समाजवादोन्मुख समृद्धिको परिकल्पना गरिएको छ ।  
    नागरिकका  आधारभूत आवश्यकता परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी  अर्थव्यवस्थाको निर्माण, रोजगारीका अवसर सिर्जना, वातावरणमैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि  विकासका नीति र प्राथमिकता रहेको माओवादीका उम्मेदवारले आफ्ना घोषणापत्रमा समावेश गरेका छन् ।
    समूह, सहकारी, परिवारमार्फत आम जनतालाई आर्थिक विकासको साझेदार बनाउने र प्रतिफलमा यथोचित प्रतिफलको सुनिश्चितता गर्दै समृद्ध र समानतामूलक समाज निर्माण गर्ने आर्थिक विकासको केन्द्रीय सार मानेका छन ।  

    आइतवार, बैशाख १८ २०७९१०:१३:४७

    डेमो खबर

    सम्बन्धित समाचार