images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

सुदूरपश्चिम : 'पाँच वर्षमा एक लाख ९६ हजार ४७६ नयाँ मतदाता थपिए'

सुदूरपश्चिम : 'पाँच वर्षमा एक लाख ९६ हजार ४७६ नयाँ मतदाता थपिए'

मंगलवार, बैशाख ६ २०७९

  • 669
    SHARES

  • सुदूरपश्चिम :  'पाँच वर्षमा एक लाख ९६ हजार ४७६ नयाँ मतदाता थपिए'

     

    सुदूरपश्चिम, वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशका नौ जिल्लामा १४ लाख ३५ हजार ६७४ मतदाता रहेका थिए ।

    images

    विगत पाँच वर्षमा एक लाख ९६ हजार ४७६ मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार आसन्न स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी कैलालीमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन् । तीमध्ये दुई लाख ५६ हजार १०४ पुरुष र दुई लाख ६९ हजार १० महिला रहेका छन् ।

    सबैभन्दा कम बाजुरामा कूल ८२ हजार ६९० मतदाता छन् । तीमध्ये ४२ हजार १५१ पुरुष र ४० हजार ५३७ महिला रहेका छन् । त्यस्तै दार्चुलामा ४५ हजार १११ पुरुष र ४३ हजार १७४ महिला गरी कूल ८८ हजार २८५, बैतडीमा ७३ हजार ८८३ पुरुष र ७४ हजार ७२१ महिला गरी कूल एक लाख ४८ हजार ६०६, र डडेल्धुरामा ४४ हजार ६६४ पुरुष र ४५ हजार ४५५ महिला गरी कूल ९० हजार ११९ मतदाता रहेका छन् ।

    यसैगरी कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता छन् तीमध्ये एक लाख ४३ हजार २४१ पुरुष र एक लाख ५२ हजार ११२ महिला रहेका छन् । डोटीमा ५८ हजार २८२ पुरुष र ६५ हजार २७२ महिला गरी कूल एक लाख २३ हजार ५५४, अछाममा ७५ हजार ८३७ पुरुष र ८० हजार ४४१ महिला गरी कूल एक लाख ५६ हजार २८० र बझाङमा ६१ हजार ३८९ पुरुष र ६० हजार ७४८ महिला गरी कूल एक लाख २२ हजार १३७ मतादाता रहेको बताइएको छ ।

    तेस्रो लिङ्गी मतदातामध्ये कैलालीमा ११ तथा अछाम, बाजुरा र बैतडीमा दुई÷दुई र कञ्चनपुरमा एकजना रहेको छ । मतदान स्थल र केन्द्र आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि प्रदेशको कैलालीमा २३६ मतदानस्थलमा ६१९ मतदान केन्द्र कायम गरिएको छ ।

    यस्तै कञ्चनपुरमा १३२ मतदानस्थल र ३४१ मतदान केन्द्र, डडेल्धुरमा ८० मतदानस्थलमा १२६ मतदान केन्द्र र बैतडीका १२९ मतदानस्थलमा २०५ मतदान केन्द्र कायम गरिएको छ ।

    दार्चुलामा कायम भएका ११० मतदानस्थलमा १३९ मतदान केन्द्र, डोटीका ११५ मतदानस्थलमा १७१ मतदान केन्द्र, बझाङका १३३ मतदानस्थलमा १८३ मतदान केन्द्र, अछामका १३० मतदानस्थलमा २०७ केन्द्र र सबैभन्दा कम मतदाता रहेको बाजुरामा कायम भएका ७० मतदानस्थलमा ११२ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

    प्रदेशमा प्रतिनिधिसभाका १६, प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् । ८८ स्थानीय तह रहेको यो प्रदेशमा एक उपमहानगरपालिका (धनगढी), ३३ नगरपालिका र ५४ गाउँपालिका रहेका छन् । यी पालिकामा जम्मा ७३४ वडा छन् । जनसङ्ख्याको दृष्टिले तराईका जिल्ला कैलाली र कञ्चनपुर ठूला छन् ।

    प्रतिनिधिसभाका लागि कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र रहेका छन् । पहाडी जिल्ला अछाममा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र अन्य छ जिल्लामा एक÷एक निर्वाचन क्षेत्र कायम छन् । हालैको जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार यो प्रदेशको जनसङ्ख्या २७ लाख ११ हजार २७० पुगेको छ ।

    विसं २०६८ को जनगणनाअनुसार यो प्रदेशको जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको थियो । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन कार्यालयले तयारीको काम तीब्र बनाएको छ ।

    मंगलवार, बैशाख ६ २०७९०७:३५:०८

    डेमो खबर

    सम्बन्धित समाचार