images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

गीतमा कालीगण्डकी :' हे आमा गण्डकी...’

गीतमा कालीगण्डकी :' हे आमा गण्डकी...’

सोमवार, माघ ३ २०७८

  • 1.3K
    SHARES

  • गीतमा कालीगण्डकी :' हे आमा गण्डकी...’

    दोहनको जाँतोमुनि पिल्सिइरहेको कालीगण्डकी नदीको विलापलाई गीतमार्फत बाहिर ल्याइएको छ । नदी–सभ्यता जोगाउन उद्धत ‘कालीगण्डकी बचाऔँ अभियान’ले जागरण गीतका रूपमा ‘ए कालीगण्डकी...हे आमा गण्डकी’ सार्वजनिक गरेको हो ।
    कवि श्रवण मुकारुङको शब्द–सङ्गीत र गायक कर्ण दासको स्वर रहेको गीत ‘सेवा इन्टरटेनमेन्ट’को यट्युब च्यानलमा उपलब्ध रहेको अभियानका संयोजक आरके अदिप्त गिरीले जानकारी दिनुभयो । गीतको सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन । 
    अहिलेलाई गीतको अडियोसहित लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको संयोजक गिरीले बताएका छन ।  “गीतलाई प्राण भर्ने गरी पछि भिडियो ल्याउँछौँ”, उनले बताए । 
    फोटो पत्रकारसमेत रहेका गिरीले सो गीतलाई प्रकृतिमाथि मानवजातिको मनपरिविरुद्धको समवेत आवाजका रूपमा चित्रित गरेका छन । “गीत मनोरञ्जन मात्र होइन, यो त समाजको जीवित अभिव्यक्ति पनि हो, त्यसकै मुखर स्वर हो, कालीगण्डकीको गीत”, गिरीले भने । 
    उनकै पहलकदमीमा गत वर्षदेखि थालिएको अभियान गण्डक क्षेत्रमा क्रियाशील छ । स्वयंसेवी युवा, पत्रकार, कवि, लेखक, बौद्धिक, नागरिक समाजका अगुवालगायत अभियानमा जोडिएका छन् ।
    नदीजन्य पदार्थ उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको निर्मम दोहनका विरुद्ध अभियान सङ्घर्षरत छ । हिमालय क्षेत्रको पवित्र र वैभवशाली नदीले झेलिरहेको सन्ताप र बेदनाका कथा भन्न गीतलाई रोजिएको अभियानले जनाएको छ ।
    गीतको भाव, सौन्दर्य र वैचारिकीले अभियानलाई रचनात्मक टेवा पुग्ने विश्वास लिइएको संयोजक गिरीले बताए ।  “गीतको ध्येय कालीगण्डकीलाई दोहनचक्रबाट मुक्त गराई प्राकृतिक लयमा फर्काउन सम्बद्ध पक्षमाथि नैतिक दबाब बढाउनु हो”, उनले भने । 
    गीतले मध्य नेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीको गौरव र महिमालाई झन्झन् उजागर गरेको छ । संरचना, मर्म र आशयलाई सम्पादन या तोडमोड नगरी सबैले स्वतन्त्र तबरबाट गीतको प्रयोग गर्न सकिने अभियानले जनाएको छ । गीत सार्वजनिक गर्नुका पछाडि कुनै व्यावसायिक उद्देश्य नरहेको अभियानले स्पष्ट पारेको छ । रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जाललगायतबाट प्रसारण–सम्प्रेषण गरी गीतलाई धेरैभन्दा धेरै स्रोता–दर्शकमाझ पु¥याउन अभियानले आग्रह गरेको छ ।
    “हामी चाहन्छौँ, यस गीतका मार्फत राज्यका निकायदेखि सरोकार भएका सबै पक्षको गम्भीर ध्यानाकृष्ट होस् । हाम्रो संस्कृति, सभ्यता, पर्यावरण र जनजीविकासँग जोडिएको महान नदी कालीगण्डकीको संरक्षणमा दृढतापूर्वक अघि बढौँ”, अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    अप्राकृतिक दोहनका कारण सङ्कटापन्न कालीगण्डकीको क्रन्दन गीतमा यसरी अभिव्यक्त छ ः

    ‘ए कालीगण्डकी...
    हे आमा गण्डकी...
    माकुरोको माउ भयो तिम्रो जिन्दगी

    images

    तिम्रो अमृत धारा पिई हुर्किएका सन्तान
    तिम्रै मुटु कलेजा पो कुटुकुट खान्छन्

    ए कालीगण्डकी...’

    गीत सँगसँगै अभियानले कालीगण्डकी संरक्षणका पक्षमा ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलाइरहेको छ । गत असोज २ गतेदेखि आरम्भ भएको त्यस शृङ्खला ५८औँ चरणमा आइपुगेको छ । 
    देशका नामुद कविका कविताका बलमा ‘नदी सप्तक’ अघि बढिरहेको अभियानले जनाएको छ । कालीगण्डकीमाथि लेखिएका रचनालाई ‘पोस्टर कविता’का रूपमा अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरूपमा सम्प्रेषण गर्ने गरिएको छ । 
    रचनाकामार्फत कालीगण्डकी संरक्षण अभियानमा देशभरबाट कवि, लेखकले ऐक्यबद्धता जनाइरहेका छन् । कविता शृङ्खलामा सयभन्दा बढी कविका रचना समावेश गरिने भएको छ । “पछि ती कवितामध्येबाट उत्कृष्ट छानेर पुस्तकाकार दिन्र्छौँ”, संयोजक गिरीले भने । 

     

    सोमवार, माघ ३ २०७८१०:४९:३७

    डेमो खबर

    सम्बन्धित समाचार