images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images

झापा : 'स्वास्थ्य सेवा क्षेत्रमा आक्रमणको विरोध' 

झापा : 'स्वास्थ्य सेवा क्षेत्रमा आक्रमणको विरोध' 

शुक्रवार, पौष ३० २०७८

  • 325
    SHARES

  • झापा : 'स्वास्थ्य सेवा क्षेत्रमा आक्रमणको विरोध' 


    झापा, पुस । दमकस्थित एडभान्स मल्टी स्पेसियालिटी हस्पिटलमा भएको तोडफोडप्रति दमकस्थित सम्पूर्ण अस्पतालले विरोध जनाउँदै अस्पताल र कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाको माग गरेका छन् ।
    सरकारी दमक अस्पताल, लाईफलाइन अस्पताल, निम्स नेश्नल हस्पिटल, आम्दा अस्पताल, ओम मेची अस्प्ताल, नमस्ते हस्पिटल, दमक हस्पिटल एण्ड रिसर्च सेन्टर र तोडफोड भएको एडभान्स मल्टी स्पेसियालिटी हस्पिटलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै घटनामा संलग्नको पहिचान गरेर कार्वाही गर्न माग गरेका छन् ।
    स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युको घटनालाई अतिरञ्जित गर्दै अपराधिक मानसिकता बोकेका व्यक्तिले हातपात गर्ने, अस्पताल तोडफोड गर्ने तथा अत्यन्तै अमानवीय अपराधिक गतिविधि गरी शान्तिपूर्ण वातावरणमा उपचार गर्ने गराउने वातावरणलाई नै खलल पु¥याइएकोप्रति दमकमा सञ्चालित अस्पतालहरु घोर भत्सना र निन्दा गर्दर्छौं, बिज्ञप्तिमा भनिएको छ ।
    चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधिक समूहले दुब्र्यवहार गर्ने, अस्पतालमा तोडफोड गर्ने जस्तो जघन्य अपराध हुनुले स्वास्थ्यकर्मी तथा चिकित्सकबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको अस्पतालहरुको भनाई छ । 
    अस्पताल जस्तो शान्तिपूर्ण क्षेत्रमा हुने यस्ता गतिविधिले बिरामीको उपचारमा खटिएका चिकित्सक आतंकित मनस्थितिमा रहँदमा बिरामीको उपचार गर्न समेत कठिनाई भएको छ, एडभान्स मल्टी स्पेसियालिटी हस्पिटलका अध्यक्ष माधव पराजुलीले बताए ।
    घटनामा संलग्नको पहिचान गरी कानूनी कारवाही नगरे स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका निम्ति आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेसमेत अस्पतालले सामुहिक रुपमा चेतावनी पनि दिएका छन् । 
    यस्तो महामारीमा ज्यानको बाजी लगाएर काम गरिहेका छौं, यस्तै दुब्र्यवहार हुने हो भने अब अस्पतालमा गएर कसरी काम गर्ने ? दमक अस्पतालकी सूचना अधिकारी देवी दंगालले बताएकी छन । 
    एक वालकको उपचारमा हस्पिटलले लापरवाही गरेको र सोही कारणले गर्दा मृत्यु भएको भन्दै पीडितका आफन्त लगायतका ब्यक्तिहरुको आक्रोशित समूहले मङ्गलवार राती अबेरसम्म अस्पताल क्षेत्रमा प्रदर्शन गर्दै ढुंगामुढा गरेको जनाईएको छ । ईलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीका अनुसार अस्पतालका सिसाहरु तथा अन्य बिभिन्न भौतिक क्षति भएको छ । 

     

    images

    शुक्रवार, पौष ३० २०७८०९:२७:४५

    डेमो खबर

    सम्बन्धित समाचार