images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images
निर्वाचन आयोग

आज सर्वदलीय बैठक : "राष्ट्रियसभा र स्थानीय तह निर्वाचनबारे छलफल गर्ने "

आज सर्वदलीय बैठक : "राष्ट्रियसभा र स्थानीय तह निर्वाचनबारे छलफल गर्ने "

शुक्रवार, पौष ३० २०७८

  • 429
    SHARES

  • आज सर्वदलीय बैठक : "राष्ट्रियसभा र स्थानीय तह निर्वाचनबारे छलफल गर्ने "


    काठमाडौँ, पुस । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । आज बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक  बोलाइएको छ । 
     
    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार,  बैठकमा स्थानीय तह एवम् राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिक गर्नेबारे छलफल हुनेछ । 
     निर्वाचन आयोगका पदाधिकारीले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनबारे सुझाव दिएका थिए ।

    अहिलेका स्थानीय तहका जनप्रतिनिधिको म्याद ५ जेठ २०७९ मा सकिंदै छ । कानून अनुसार, स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनुभन्दा दुई महिनाअघि नै चुनाव गर्नुपर्छ ।
    आगामी माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनबारे  पनि  छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो ।  सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका छौँ, प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थिति रहनेछ ।

    images

    शुक्रवार, पौष ३० २०७८०८:४९:४२

    डेमो खबर

    सम्बन्धित समाचार