images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images

मुख्यमन्त्री राउतको निर्देशन : "कोभिड १९ संग लडन तयार रहनु " 

मुख्यमन्त्री राउतको निर्देशन : "कोभिड १९ संग लडन तयार रहनु " 

बिहिवार, पौष २९ २०७८

  • 241
    SHARES

  • मुख्यमन्त्री राउतको निर्देशन : "कोभिड १९ संग लडन तयार रहनु " 


    जनकपुरधाम, पुस । प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले सम्भावित कोभिड १९को ओमिक्रोन भेरियन्टसंग लडनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सरोकारबालालाई निर्देशन दिएका छन ।  
    प्रदेश नं.२ को राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा कोभिड १९को ओमिक्रोन भेरियन्टसंग लडन प्रदेशस्थित स्वास्थ्य संस्थाको अवस्था तथा अगामी दिनमा गर्नुपर्ने तयारीबारे छलफल गर्न बिहिबार सम्पन्न प्रदेश कोभिड १९ संकट व्यवस्थापन केन्द्र (पीसीसीएमसी)को बैठकलाई सम्बोधन गर्नुहूँदै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन ।  
    उनले छिमेकी देश भारतमा बढदै गएको ओमिक्रोन भेरिएन्टबाट प्रदेश २ पनि प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले उक्त भेरियन्टसँग लडनका लागि तयारी अवस्थामा रहनुबाहेकको विकल्प नरहेको बताएका छन । 
    उनले भारतसँगको खुला सिमानाकाका कारण भारत गएका नेपाली  स्वदेश फर्किरहेको भन्दै सिमा नाकामा परिक्षणको दायरा बढाउन समेत आग्रह गरे ।  उनले आउने दिनमा कोभिड १९को ओमिक्रोन भेरियन्टसंग लडन सरकारले जारी गर्ने स्वास्थ्यका मापदण्ड पुर्ण पालना गर्न गराउन सबैलाई अनुरोध गरेका छन ।  
    आजको बैठकका सहभागीले प्रदेश भरि रहेको सरकारी अस्पतालको अवस्था, कोभिड १९ संग लडन आवश्यक उपकरण, परिक्षणका लागि आवश्यक पर्ने किटलगायतको सामग्रीको उपलब्धता तथा अगामी दिनमा व्यवस्था गर्नुपर्ने सामग्रीबारे मुख्यमन्त्री राउतलाई जानकारी गराएका थिए  । 
    मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीहरुको साथै स्थानीय निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यसंग सम्बन्धित निकायका प्रमुख, विज्ञसहितको उपस्थिति रहेको थियो । 

     

    images

    बिहिवार, पौष २९ २०७८०८:०८:४५

    डेमो खबर

    सम्बन्धित समाचार