images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images

युवती हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ

युवती हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ

बिहिवार, पौष २९ २०७८

  • 297
    SHARES

  • युवती हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ

    मङ्गलबारे, पुस । युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका ३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।

    images

    इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निगरानी बढाएर पक्राउ गर्न सफल भइएको हो ।

    घटना आफूले घटाएको अभियुक्तले स्वीकार गरेको प्रमुख श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ ।

    बिहिवार, पौष २९ २०७८०९:०८:१९

    डेमो खबर

    सम्बन्धित समाचार