images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images
बढ्दो शीतलहर

तराईका सामुदायिक विद्यालय : ' चिसोले आगो ताप्दै पढ्छन् विद्यार्थी'  

शुक्रवार, पौष २३ २०७८

  • 621
    SHARES

  • तराईका सामुदायिक विद्यालय : ' चिसोले आगो ताप्दै पढ्छन् विद्यार्थी'  

    लहान, पुस  । बढ्दो शीतलहरले कठ्याङ्ग्रिदा सामुदायिक विद्यालयमा विद्यार्थी आगो तापेर पढ्ने गरेका छन् । शीतलहरमा लहान–१० स्थित जनता आधारभूत विद्यालयका बालबालिकालाई आगो ताप्न लगाएर फेरि कक्षामा पढाउने गरेको शिक्षिका रीता महतो बताउँछन । 
    उनी भन्छन, के गर्ने ? अत्यधिक चिसो छ, जस्तापाताले छाएको भवनमा झन् बढी चिसो हुन्छ । बालबालिकाले चिसोले कठ्याङ्ग्रिएपछि आगो (घुर) ताप्न लगाएर फेरि कक्षामा पढाइरहेका छौँ । 
    निजी विद्यालयमा पढ्ने विद्यार्थीको पर्याप्त न्यानो लुगा हुने भएकाले त्यस्तो समस्या नभए पनि सामुदायिक विद्यालयमा पढ्ने गरिब–विपन्नका विद्यार्थीलाई न्यानो लुगाको अभावमा यस्तो समस्या रहेकाले अत्यधिक चिसो भएपछि दाउरा बालेर तातो बनाई विद्यार्थीलाई पढाउनु परिरहेको प्रधानाध्यापक रङ्गलाल साहको भनाइ छ । शीतलहर बढेपछि विद्यार्थी उपस्थित हुने सङ्ख्या निकै घटेको उनले बताए ।   
    अत्यधिक चिसो बढेपछि पाँच दिनसम्म हिउँदे बिदा दिन सकिने लहान नगरपालिकाको शैक्षिक क्यालेन्डरमा उल्लेख भएकाले उत्तरी भेगका केही विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेपछि विद्यालय बन्द गरेको लहान–१८ स्थित राजदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक उद्धव हमालले जानकारी गराएका छन ।  
    लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालले बढ्दो शीतलहरलाई ध्यानमा राखेर विद्यार्थी सङ्ख्या ह्वात्तै घटेमा शैक्षिक क्यालेन्डरमा व्यवस्था भए अनुसार विद्यालयले पाँच दिनसम्म विद्यालय बन्द गर्नसक्ने बताएका छन ।  उनले भने, “नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकले आपसी सल्लाह गरेर क्यालेन्डर अनुसार बिदा गरेर नगरपालिकामा जानकारी दिए पुग्छ ।” 
     बढ्दो शीतलहरको चपेटामा बालबालिका, वृद्धवृद्धा र विपन्न समुदाय परेर स्वास्थ्य समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले १७ वटै पालिकामा दाउरा, कम्बल वितरण गर्न पालिकाहरूका विपत् व्यवस्थापन समितिलाई जानकारी गराइसकिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले बताएका छन ।  

    शुक्रवार, पौष २३ २०७८०८:५८:०९

    डेमो खबर

    सम्बन्धित समाचार