images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images

ज्येष्ठ नागरिक : ‘अनुभव र ज्ञानका खानी’

ज्येष्ठ नागरिक : ‘अनुभव र ज्ञानका खानी’

सोमवार, पौष १२ २०७८

  • 985
    SHARES

  • ज्येष्ठ नागरिक : ‘अनुभव र ज्ञानका खानी’


    रकारले विभिन्न कार्यक्रम गरी प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरे अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘सभ्य नागरिकको पहिचान ः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ दिवस मनाएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विभिन्न मन्त्री, सङ्घ संस्थाका प्रतिनिधि, ज्येष्ठ नगारिकलगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरियो । कार्यक्रमका वक्ताले ज्येष्ठ नागरिक अनुभव र ज्ञानका खानी भएको भन्दै उहाँहरूको सामाजिक सुरक्षा, स्वाथ्य हेरचाह र सम्मानमा राज्य, विभिन्न सङ्घसंस्थाका साथै प्रत्येक घर परिवारले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।   
    कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले ज्येष्ठ नागरिकको सम्मान, सामाजिक सुरक्षा,  हेरचाह राज्यको दायित्व भएको र त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराए ।  सभ्य समाज निर्माणका लागि ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, सम्मान र हेरचाह अपरिहार्य रहेको बताए ।  यसमा सबै निकाय र घरपरिवारको पaन उत्तिकै जिम्मेदवारी रहन्छ ।  आधुनिक, सभ्य र समृद्ध समाज निर्माणका लागि ज्येष्ठ नागरिकको अनुभव, शिक्षा र ज्ञानको आवश्यक रहन्छ । 
    संविधान अनुसार समाजिक सुरक्षाको हक र ज्येष्ठ नागरिकको हक कार्यान्वयन गर्नु समाजवादको महत्वपूर्ण आधार भएले सरकारले जनताका मौलिक हक कार्यान्वयनका लागि विभिन्न कल्याणकारी कार्य अघि बढाउन आबश्यक रहेको बताइयो ।  ९० वर्ष उमेर पुगेका र थला परेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै गएर उपलब्ध गराउन सरकारले आवश्यक व्यवस्था मिलाएको  छ । 
    केन्द्रीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकका लागि जमघट हुने, छलफल गर्ने र भजनकिर्तन गर्ने विभिन्न केन्द्र तथा पार्कको निर्माण गरिरहेको  छ । सरकारले ज्येष्ठ नागरिक उपचारका लागि छुट्टै अस्पताल बनाउने बारेमा छलफल गरिरहेको जानकारी गराउनुभयो । ज्येष्ठ नागरिकलाई बृदाश्रम राखेर समस्या समाधान  होईन उहाँहरुलाई माया, स्नेह र सम्मान आवश्यक पर्छ,  यसमा सरकारसँगै सबै घर परिवारले पनि  दायित्व निर्वाह गर्नुपर्छ । 

     

    images

     

    सोमवार, पौष १२ २०७८०९:४७:४२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार