images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images

कोभिडको ‘ओमिक्रोन भेरिएन्ट’  :  'भारतमा पनि देखापरेपछि उच्च सतर्कता अपनाइने'

कोभिडको ‘ओमिक्रोन भेरिएन्ट’  :  'भारतमा पनि देखापरेपछि उच्च सतर्कता अपनाइने'

आइतवार, मंसिर १२ २०७८

  • 1.5K
    SHARES

  • कोभिडको ‘ओमिक्रोन भेरिएन्ट’  :  'भारतमा पनि देखापरेपछि उच्च सतर्कता अपनाइने'


    नयाँदिल्ली,  मङ्सिर ।  दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिनुभएको छ । 
    विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।
    यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिनुभयो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभाविकत मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गर्नुभएको छ । 
    मोदीले निकै प्रयत्नपछि मुलुकले कोरोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्नु पर्ने बताउनुभयो ।भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीहरुको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ । रासस÷एएनआइ

     

    images

    आइतवार, मंसिर १२ २०७८१०:२५:३९

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार