images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images

धनगढी  : देखिए स्वेतमाथा कलहाँस

धनगढी  : देखिए स्वेतमाथा कलहाँस

शनिवार, मंसिर ११ २०७८

  • 1.0K
    SHARES

  • धनगढी  : देखिए स्वेतमाथा कलहाँस


    धनगढी, मङ्सिर  । नेपालमा चितवनभन्दा पश्चिम पहिलो पटक कैलालीमा स्वेतमाथा कलहाँस अभिलेख गरिएको छ । टीकापुर नगरपालिकास्थित श्रीलङ्का टापु भनेर चिनिने कर्णाली र मोहना नदीको दोभानमा स्वेतमाथा कलहाँस देखिएका हुन । 
    केही दिन अगाडि सो टापुमा छ वटा स्वेतमाथाa कलहाँस आफूले अभिलेख गरेको चरा संरक्षणकर्मीसमेत रहनुभएका चराविद हिरुलाल डङ्गौराले जानकारी दिएका छन । यहाँ देखिएको सो चराको सङ्ख्या नेपालमा हालसम्मकै सबैभन्दा बढी हो । 
    यसअघि, सन २०१८ मा चितवनस्थित राप्ती नदीको दोभानमा चार वटा श्वेतमाथा कल हाँस अभिलेख गरिएको थियो । जुन, नेपालमा अभिलेख गरिएको सबैभन्दा बढी सङ्ख्या थियो । चितवनभन्दा पश्चिमतिर पहिलो पटक यहाँ देखिएको स्वेतमाथा कल हाँसको सङ्ख्या नै अब नेपालका लागि सबैभन्दा बढी रहेको डङ्गौराले उल्लेख गरेका छन ।  
    नेपालका लागि फिरन्ते प्रजाति मानिने यो चरा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन) को रातो सूचीमा सामान्य अवस्थामा छ । तर, हाम्रो मुलुकमा अत्यन्त थोरै ठाउँमा र थोरै सङ्ख्यामा देखिने गरेको डङ्गौराले उल्लेख गरेका छन ।  
    हाम्रो मुलुकमा श्वेतामाथा कलहाँस पहिलो पटक सन २००४ मार्च २४ मा कोशी टप्पुमा अभिलेख गरिएको थियो । त्यो बेला जम्मा एउटा स्वेतमाथा कलहाँस देखिएको थियो । त्यसपछि सन २००५ मा कोशी टप्पुमै सो चरा प्रजाति देखिएको थियो ।  
    सन २०१७ को डिसेम्बर ९ मा ऋषि बरामले सोही चरा प्रजातिलाई पोखरामा अभिलेख गर्नु भएको थियो । यो चरा प्रजाति चीन, ओमान, कतार, साउदी अरेबिया, पाकिस्तान, म्यानमार, भारत, कोरिया, जापान, फ्रान्स, जर्मनी, इजरायल, रोमानिया लगायत विश्वका विभिन्न मुलुकमा पाइने गरेको वर्ड लाइफ इन्टरनेशनलमा उल्लेख छ । 
    स्वेतमाथा कलहाँस नेपालमा बसाइँ सरेर आउने चरा प्रजाति हो । हिउँद लागेपछि अहिले कैलालीको तालतलैया, नदीनालामा संयौ माइल टाढाबाट बसाइँ सरेर आउने जलपक्षीको चहलपहल बढेको छ ।

    शनिवार, मंसिर ११ २०७८११:०२:२८

    डेमो खबर

    सम्बन्धित समाचार