images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images

पछिल्लो २४ घण्टामा:२७० मा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा:२७० मा कोरोना सङ्क्रमण

शुक्रवार, मंसिर १० २०७८

  • 1.2K
    SHARES

  • पछिल्लो २४ घण्टामा:२७० मा कोरोना सङ्क्रमण

    काठमाडौँ, मङ्सिर । देशभर पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । यस अवधिमा दश हजार ४४६ को पीसीआर परीक्षण गरिएको थियो । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ५२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४५२ पुगेको छ । पछिल्लो समय थप ३०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख एक हजार ७२२ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । दुईको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २८७ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ८९६, संस्थागत आइसोलेशनमा ३९१, सघन उपचार कक्षमा १७५ र भेन्टिलेटरमा ३३ जनाको उपचार हुँदैछ ।

    शुक्रवार, मंसिर १० २०७८०८:०७:०७

    डेमो खबर

    सम्बन्धित समाचार