images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images

थप ३०८ मा कोरोना सङ्क्रमण

थप ३०८ मा कोरोना सङ्क्रमण

बिहिवार, मंसिर ९ २०७८

  • 1.1K
    SHARES

  • थप ३०८ मा कोरोना सङ्क्रमण

    काठमाडौँ, मंसिर ।देशभर पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ९०९ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या हालसम्म आठ लाख २० हजार २८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४२४ पुगेको छ । पछिल्लो समय थप २९८ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म आठ लाख एक हजार ४२० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट तीन जनाको मृत्यु पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ७७ हजार ८८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३४९ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९६१, संस्थागत आइसोलेशनमा ३८८, सघन उपचार कक्षमा १९७ र भेन्टिलेटरमा ४१ जनाको उपचार हुँदैछ । 

     

    images

    बिहिवार, मंसिर ९ २०७८०८:१५:४६

    डेमो खबर

    सम्बन्धित समाचार