images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images
प्रजातान्त्रिक शिखर सम्मेलन

अमेरिकी राष्ट्रपति बाइडेनले गरे नेपालसहीत ११० देशलाई निमन्त्रणा : " भर्चुअल सम्मेलन हुने "

अमेरिकी राष्ट्रपति बाइडेनले गरे नेपालसहीत ११० देशलाई निमन्त्रणा : " भर्चुअल सम्मेलन हुने "

बुधवार, मंसिर ८ २०७८

  • 285
    SHARES

  • अमेरिकी राष्ट्रपति बाइडेनले गरे  नेपालसहीत  ११० देशलाई निमन्त्रणा  : " भर्चुअल सम्मेलन  हुने "

    वासिंटनडिसी, मङ्सिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्नु भएको छ ।

    भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गर्नु भएको हो ।

    सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन । बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन सम्मेलनको आयोजना गरेको बताउने गर्नु भएको छ । एएफपी

    बुधवार, मंसिर ८ २०७८१०:५४:३५

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार