images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

राष्ट्रिय परिचयपत्र बिवरण दर्ता अभियान

राष्ट्रिय परिचयपत्र बिवरण दर्ता अभियान

बुधवार, मंसिर ८ २०७८

  • 325
    SHARES

  • राष्ट्रिय परिचयपत्र बिवरण दर्ता अभियान

    इनरुवा, मंसिर । सुनसरीमा राष्ट्रिय परिचय पत्रको बिवरण दर्ता अभियानसञ्चालन गर्ने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा सरोकारवालासँगको छलफल कार्यक्रममा राष्ट्रिय परिचय पत्रको बिवरण दर्ता अभियान सञ्चालन गर्ने तयारी बारे छलफल भएको छ ।पहिलो चरणमा इनरुवा नगरपालिकाबाटे बिवरण दर्ता अभियान सुरु गर्ने र त्यसपछि क्रमशः सञ्चालन गर्ने निर्णय भएको जनाएको छ । कार्यक्रममा बिवरण दर्ता अभियनमा सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    विवरण संकलन गर्ने कार्य, जिल्ला प्रशासन कार्यालयमा छुटै युनिट स्थापना गरी शुरू गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रवेद यादवले जानकारी दिनुभयो ।यहाँका स्थानीय तहसँगको समन्वय बैठक एव अन्तरक्रिया सम्पन्न गर्दै राष्ट्रिय परिचय पत्रको बिवरण दर्ता अभियान सञ्चालन गर्ने जानकारी दिनुभएको छ । प्रजिअ यादवले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकाय, सञ्चारकर्मी, राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागको महानिर्देशक लगायतको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।

    यादवका अनुसार राष्ट्रिय परिचय पत्रको उद्देश्य एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने, नागरिकका वैयक्तिक , जैविक विवरणको संकलन, भण्डारण र उपयोग गर्ने, राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीलाई राज्यबाट प्रवाह हुने सेवासँग आवद्ध गर्ने र नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने भएकाले सबैको सहभागीताका लागि आग्रह गर्नुभयो ।उहाँले राष्ट्रिय परिचय पत्रबारे जानकारी दिदै प्रत्येक नागरिकलाई एक पृथक नम्वरसहित आफ्ना वैयक्तिक एवंम जैविक सूचनासहितका विवरण भएको अत्याधुनिक प्रविधियुक्त चिप्ससहितको एक नागरिक एक पृथक परिचय नम्वरसहितको परिचय पत्र भएकाले यसको प्रभावकारी कार्यन्वयनबाट मुलुक एवंम नागरिकलाई फाइदा हुने बताउनुभयो ।

    बुधवार, मंसिर ८ २०७८०९:०४:१४

    डेमो खबर

    सम्बन्धित समाचार