images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्काल

भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्काल

बुधवार, मंसिर ८ २०७८

  • 361
    SHARES

  • भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्काल

    काठमाडौ, मङ्सिर ।चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेकसर्ट र झोलाका आधारमा प्रहरीले कङ्काल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिनुभयो । कङ्काल परीक्षण गर्न काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बुधवार, मंसिर ८ २०७८१२:१२:२९

    डेमो खबर

    सम्बन्धित समाचार