images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

प्रदेश सरकार : छोरी बुहारीलाई को छात्रवृत्ति

प्रदेश सरकार : छोरी बुहारीलाई को छात्रवृत्ति

आइतवार, मंसिर ५ २०७८

  • 353
    SHARES

  • प्रदेश सरकार : छोरी बुहारीलाई को छात्रवृत्ति

     

    कर्णाली, मङ्सिर  । कर्णाली प्रदेश सरकारले छोरीबुहारीको शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले व्यवसायीक तथा प्राविधिक शिक्षा अध्ययनका लागि प्रदेशका छोरीबुहारीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो । 
    आर्थिक वर्ष २०७५÷७६ देखि प्रदेश सरकारले छोरी बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । शिक्षा विकास निर्देशनालयका अनुसार तीन वर्षीय डिप्लोमा अध्ययन गर्नका लागि तीन वर्षको अवधिमा ३९९ जना छोरीबुहारीले छात्रवृत्ति पाएका हुन् । । 
    प्रदेश सरकारले छात्रवृत्ति लागि छनौट भएकालाई एक पटक मात्र बिषयको खर्चको प्रकृति हेरेर एक जनालाई एक लाखभन्दा कम उपलब्ध गराउने गरेको छ । छोरीबुहारीले नर्सिङ, फार्मेसी, एचए, ल्याव, कृषि, इञ्जिनियरिङलगायतका विषयमा छात्रवृत्ति पाउँदै आएका छन् । छात्रवृत्तिमा छनोट हुनका लागि सरकारी विद्यालयबाट एसइई वा एसएलसी उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । 
    यस्तै स्थानीय तहले छात्रवृत्ति पाउने छोरीबुहारीले कर्णाली प्रदेशभित्रको बासिन्दा भएको सिफारिस गर्नुपर्ने र कुनै पनि सरकारी छात्रवृत्ति नपाएको हुनुपर्ने मापदण्ड राखिएको छ । 
    सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा तथा महिला विकास महाशाखाका प्रमुख अनिता ज्ञवालीले प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउन र छोरीबुहारीको शसक्तिकरणका लागि सरकारले छात्रवृत्तिमा छोरीबुहारीहरू पढाउन थालेको बताएका छन ।  प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा छोरीबुहारीको शिक्षामा जोड दिँदै आएको उहाँको  भनाई छ । 
    महिला शसक्तिकरण, उनीहरुको शिक्षा र रोजगारीलाई जोड दिएर कार्यक्रम ल्याइएको उनले बताए । आर्थिक अवस्था कमजोर भएका परिवारका छोरीबुहारी  यस कार्यक्रमबाट लाभान्वित भएको उनको भनाई  छ । उहाँले छोरी र बुहारीमा हुने विभेद पनि यो कार्यक्रमले अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन । 
    ‘अहिले पनि हाम्रो समाजमा छोरी र बुहारी माथि विभेद छ । परिवारमा पहिले छोरा, दोस्रोमा छोरी र तेस्रोमा बुहारीलाई प्राथमिकता दिइन्छ । बुहारी पनि छोरी सरह हो । बिहे गरेर गए पछि छोरी जस्तै बुहारी पनि हो भनेर सबै परिवारमा चेतना आउन जरुरी छ’, उनले भने, ‘त्यसैले हामीले छोरी र बुहारी सँगसँगै अघि बढ्न सहयोग पुगोस् भन्ने उद्देश्यले महिलाको सशक्तिकरण, शिक्षा र रोजगारीलाई जोडेर कार्यक्रम ल्याएका हौँ ।’ उहाँले यो कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको बताएका छन । 

     

    आइतवार, मंसिर ५ २०७८०९:४३:५६

    डेमो खबर

    सम्बन्धित समाचार