images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

अख्तियार प्रमुखको अभिव्यक्ति खेदजन्य :  प्रवक्ता साह 

अख्तियार प्रमुखको अभिव्यक्ति खेदजन्य :  प्रवक्ता साह 

मंगलवार, कार्तिक ३० २०७८

  • 585
    SHARES

  • अख्तियार प्रमुखको अभिव्यक्ति खेदजन्य :  प्रवक्ता साह 


    जनकपुरधाम, कात्तिक  । प्रदेश २ सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले साइकल वितरणसम्बन्धी प्रसंगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष अनाधिकृत निकायबाट आएको अभिव्यक्ति गलत, अपरिपक्व र भ्रामक रहेको बताएका छन । 

    प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा प्रारम्भिक चरणको अनुसन्धानबाट भ्रष्टाचार भएको देखिएको आयोगका बर्दिवास प्रमुख कृष्णप्रसाद सापकोटाले दिएको अभिव्यक्तिलाई लिएर सोमबार सरकारका प्रवक्ता साहले टिप्पणी गरेका छन ।  
    मन्त्री साहले, ‘कुनै पनि विषयमा आयोगले अनुसन्धान गर्ने विधि तथा अभियोजन गर्ने प्रक्रिया ऐन कानुनबाट निर्देशित रहेको भन्दै अभियोजनपछि विशेष अदालतले मात्र भन्नसक्ने कुरा अख्तियारका एउटा एकाइ प्रमुखबाट आउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन । 
    उनले भने, ‘साइकल खरिदसम्बन्धी विषयमा कसैसँग सोधपुछ वा बयानसम्म नभइसकेको अवस्थामा आयोगका बर्दिवास प्रमुखको भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्षसम्बन्धी धारणाले सम्मानित अदालतको अधिकार क्षेत्र प्रभावित गरेको छ । सरकारको छवि धमिल्याउन आएको त्यो अभिव्यक्ति खेदजन्य छ ।’
    अनुसन्धानपछि अभियोजन गर्ने वा नगर्ने आयोग अर्थात् प्रमुख आयुक्तसहित आयुक्तको हुने हुँदा बर्दिवास प्रमुखका कथित भनाइ आपत्तिजनक र आफ्नै संस्थाको मान्यताविरुद्धमा रहेको प्रदेश सरकारको ठहर रहेको प्रवक्ता साहको भनाई  छ ।
    मन्त्री साहले, ‘अख्तियारले अभियोजन गरेको मुद्दामा प्रारम्भिक भ्रष्टाचार भएको देखिएमा विशेष अदालतले थुनामा पठाउने वा धरौटी लिई छाड्ने र त्यस्तो नदेखिए साधारण तारेखमा छाड्ने कानुनी व्यवस्था स्मरण गर्नसमेत आग्रह गरे ।
    अनुसन्धान आयोगका बर्दिवास प्रमुखको अभिव्यक्तिबारे जानकारी प्राप्त गरी त्यस विषयममा आवश्यक सचेतताका लागि मातहतका कार्यालयलाई निर्देशन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराइने प्रवक्ता साहले जानकारी दिए  ।’

     

    मंगलवार, कार्तिक ३० २०७८०९:३२:३२

    डेमो खबर

    सम्बन्धित समाचार