images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

सरकारको मुख्य प्राथमिकता: ‘आर्थिक विकास र जनस्वास्थ्य सुरक्षा’

सरकारको मुख्य प्राथमिकता: ‘आर्थिक विकास र जनस्वास्थ्य सुरक्षा’

सोमवार, कार्तिक ८ २०७८

  • 761
    SHARES

  • सरकारको मुख्य प्राथमिकता: ‘आर्थिक विकास र जनस्वास्थ्य सुरक्षा’

    गाईघाट, कात्तिक । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अहिलेकोे गठबन्धन सरकारको मुख्य प्राथमिकता जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई दु्रत गतिमा अगाडि बढाउनु रहेको बताउनुभएको छ । सो कुरा परराष्ट्रमन्त्री डा.खड्काले नेपाल प्रेस युनियन उदयपुरद्धारा सोमवार गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनुभएको हो ।

    उहाँले भन्नुभयो सरकारको अहिलेको प्राथमिकता भनेको सवै नेपाली नागरिकलाई कोरोना विरुद्धको खोप लगाएर उहाँहरुको जीवन सुरक्षा गर्ने, कोरोना महामारीले थिलथिलो बनेको मुलुकको आर्थिक अवस्थालाई सुदृढीकरण गर्न सङ्कटमा परेका उद्योग कलकारखानालाई राहत कार्यक्रम ल्याउने र हाल सञ्चालनमा रहेका ठूला योजनालाई समयमा नै सम्पन्न गर्ने नीति रहेको छ ।उदयपुर क्षेत्र नम्बर १ का सांसदसमेत रहनुभएका मन्त्री डा.खड्काले उदयपुरको विकासका लागि आपूmले यस अघि पनि धेरै काम गरेको बताउनुभयो ।

    उहाँले ठुलो धनजनको क्षति पुर्याउँदै आएको त्रियुगा नदी नियन्त्रणका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालादेखि नै समन्वय गरी तीन बर्षमा सम्पन्न गर्ने गरी आठ अर्व रुपियाँ वजेट विनियोजन गरिएको र त्यसमध्ये यो बर्ष दुई अर्व अर्थ मन्त्रालयबाट स्वीकृत गरी टेण्डर खोल्ने तयारी भएको छ भन्नुभयो ।त्यसैगरी, मन्त्री डा. खड्काले तीन बर्ष लगाएर निर्माणाधीन सगरमाथा विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सम्पन गराएको र अवे चाँडै उक्त जग्गा नागरिक उड्यन मन्त्रालयको नाममा नामसारी गरी काम अघि बढाउने तयारी भएको बताउनुभयो ।

    पत्रकारले यो सरकारको आयू कहिलेसम्म हो भन्ने लगायतका धेरै प्रश्नको जवाफ दिदै मन्त्री डा.खड्काले विगतमा नेकपा एमाले नेतृत्वको सरकारले दुई दुई पटक संसद विघटन गरी मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास गरेकोमा आपूmहरुले यो संसद पुरै अवधि चल्नुपर्छ भनी अदालत र राष्ट्रपति समक्ष गएर सशरीर सनाखत गरेको स्मरण गर्दै अहिलेको गठबन्धन सरकार संसदको बाँकी अवधि पुरै टिक्ने बताउनुभयो ।

    उहाँले गठबन्धनमा रहेका राजनीतिक दलका बीचमा साझा सहमतिका एजेण्डाका आधारमा सरकार सञ्चालन भइरहेको बताउँदैै नेपालको वर्तमान संविधानले मध्यावधि वा अर्लि इलेक्सनको परिकल्पना नगरेको हुँदा संसदको बाँकि अवधिसम्म अहिले कै सरकार रहनेमा कुनै आशङ्का नरहेकोे बताउनुभयो ।

    नेपाली काँग्रेसका केन्दीय सदस्यसमेत रहनुभएका परराष्ट्रमन्त्री डा.खड्काले जव जव मुलुकमा सङ्कट आइपर्छ तव सरकारको नेतृत्व काँग्रेसको काँधमा जाने गरेको इतिहास साक्षी छ भन्दै झण्डै दुई तिहाइको नजिक रहेको यसअघिको एमाले नेतृत्वको सरकारले जनताले दिएको जिम्मेवारी वहन गर्न नसकेपछि मुलुकलाई राजनैतिक निकास दिन यो अहिलेको सरकार गठन भएको हो भन्नुभयो ।

    उहाँले केहि सञ्चार माध्यमले आपूmले भनेको भन्दा फरक ढङ्गले समाचार प्रसारण गरी अनर्गल प्रचार गरेकोमा दुख ब्यक्त गर्दै लिपुलेक, कालापानी वा नेपालको सवै भूभागमा राष्ट्रिय जनगणना लगायतका कार्यक्रम नेपालको वर्तमान नियम कानुन अनुसार सञ्चालन हुने बताउनुभयो ।उहाँले नेपालको हितविपरित र दलीय सहमति विना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पारित नहुने स्पष्ट पार्नुभयो ।

    सोमवार, कार्तिक ८ २०७८०८:४९:५९

    डेमो खबर

    सम्बन्धित समाचार