images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

सेल्स बेरीलाई ५० हजार जरिवाना

सेल्स बेरीलाई ५० हजार जरिवाना

सोमवार, आश्विन २५ २०७८

  • 765
    SHARES

  • सेल्स बेरीलाई ५० हजार जरिवाना

    ललितपुर, असोज।जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दसैँलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा आज सातदोबाटोस्थित सेल्स बेरीलाई रु ५० हजार जरिवाना तिराएको छ । सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने समस्या बढेसँगै गरेको अनुगमनका क्रममा बोरीलाई ह्वाइट हेविटलगायत चक्लेटमा अनुचित नाफा लिएको पाएपछि सो मूल्य बराबरको रकम तिराएकोे जानकारी गराइएको छ ।

    बस्नेत नेतृत्व टोलीले ललितपुरमा यही असोज ७ गतेदेखि पटकपटक बजार अनुगमन गरिरहेको छ । यसअघिका अनुगमनमा सो टोलीले लगनखेलदेखि पुल्चोकसम्मका केही पसललाई कूल रु एक लाख ३५ हजार ५०० तिराइसकेको बताएको छ । बस्नेतसँगै अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व कार्यालय लगनखेल तथा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखासहित महानगरीय प्रहरी परिसर जावलाखेलका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो ।

    सोमवार, आश्विन २५ २०७८०९:२९:४२

    डेमो खबर

    सम्बन्धित समाचार