images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

प्रदेश २ : मुख्यमन्त्री लालबाबु राउतले पाए प्रदेशसभामा विश्वासको मत

प्रदेश २ : मुख्यमन्त्री लालबाबु राउतले पाए प्रदेशसभामा विश्वासको मत

बुधवार, आश्विन २० २०७८

  • 849
    SHARES

  • प्रदेश २  :  मुख्यमन्त्री लालबाबु राउतले  पाए प्रदेशसभामा विश्वासको मत

    धनुषा, असाेज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत पाएका छन् । राउतको पक्षमा ७७ र विपक्षमा २३ जनाले मत दिए । बुधबारको प्रदेशसभा बैठकमा सय जना उपस्थित थिए।

    मुख्यमन्त्री राउतले प्रदेशसभामा संविधानको धारा १८८ को उपधारा २ र प्रदेशसभाको कार्य संचालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम प्रदेशसभामा विश्वासको मतको लागि पेस गरेको प्रस्तावमा मत विभाजन गर्दा राउतको पक्षमा ७७ प्रदेश सांसदले मत दिएका थिए।

    प्रदेश २ मा १ सय ४ जना प्रदेश सांसद छन् । जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका ८, नेकपा (एस) को १३, नेपाल संघीय समाजवादी पार्टीका १ र १ जना स्वातन्त्र सांसदको सरकारलाई समर्थन छ ।

    लोसपाका १६ जनामध्ये १५ जना, एमालेका ८ जना गरी २३ जना विपक्षमा मत दिएका थिए । लोसपाका प्रदेश सांसद डिम्पल झा उपचारका लागि भारतमा छिन् ।

    बुधवार, आश्विन २० २०७८०७:०२:४८

    डेमो खबर

    सम्बन्धित समाचार