images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

प्रिमियर लिग: स्शीर्ष स्थानमा चेल्सी

प्रिमियर लिग: स्शीर्ष स्थानमा चेल्सी

आइतवार, आश्विन १७ २०७८

  • 953
    SHARES

  • प्रिमियर लिग: स्शीर्ष स्थानमा चेल्सी

    काठमाडौं, असोज। प्रिमियर लिगमा आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३(१ ले पराजित गरेको छ । जितसँगै लण्डन क्लब चेल्सी शीर्ष स्थानमा उक्लेको छ ।घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ट्रेभो चालाबाले नवौं, टिमो बर्नरले ८४औं र बेन चिलवालले ८९औं मिनेटमा गोल गरे ।

    साउथह्याम्पटनका लागि जेम्स वार्ड प्रोवसले ६१औं मिनेटमा गोल गरे । गोलकर्ता जेम्स ७७औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । जितपछि ७ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको लिभरपुल १४ अंकसहित दोस्रो स्थानमा छ ।

    अर्को खेलमा म्यानचेष्टर युनाइटेड र एभरटनले १(१ को बराबरी खेल्दै अंक बाँडे । ७ खेलबाट समान १४ अंक जोडेका युनाइटेड र एभरटन क्रमशस् तेस्रो र चौथो स्थानमा छ । आर्सनल र ब्राइटनले भने गोलरहित बराबरी खेले । ७ खेलबाट १४ अंक नै जोडेको ब्राइटन पाँचतौ स्थानमा छ । आर्सनल १० अंकसहित नवौं स्थानमा छ ।

    आइतवार, आश्विन १७ २०७८१०:४६:०४

    डेमो खबर

    सम्बन्धित समाचार