images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

ईपीएलमा काठमाडौं र पोखरा भिड्दै

ईपीएलमा काठमाडौं र पोखरा भिड्दै

मंगलवार, आश्विन १२ २०७८

  • 885
    SHARES

  • ईपीएलमा काठमाडौं र पोखरा भिड्दै

    काठमाडौं, असोज।चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी क्रिकेटमा मंगलबार एउटा मात्र खेल हुँदैछ ।टियू क्रिकेट मैदानमा जारी प्रतियोगितामा मंगलबार काठमाडौं किङ्स ११ र पोखरा राइनोज भिड्ने छन् । खेल दिउँसो १२ः१५ बजे शुरु हुनेछ । काठमाडौं दोस्रो जित निकाल्ने योजनामा छ ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सलाई हराएको थियो ।सोमबारको खेल भने वर्षाले स्थगित भएको थियो ।

    काठमाडौंले विराटनगर वारियर्ससँग खेल्ने कार्यक्रम थियो । पोखरा पहिलो जितको खोजीमा छ । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग अंक बाँडेको थियो । वर्षाले खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक बाँडेका हुन् ।मंगलबार बिहानको मौसम क्रिकेट खेल्न लायक रहे पनि त्यसपछि कतिबेला के हुन्न भन्न सकिन्न ।सोमबारका दुवै खेल वर्षाले स्थगित भएका थिए ।

    मंगलवार, आश्विन १२ २०७८१०:१२:०७

    डेमो खबर

    सम्बन्धित समाचार