images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

आजदेखि भेरोसेल खोप : '११ दिनसम्म लगाइने , कुन कुन उमेर समूहले पाउँछन् ?'

आजदेखि भेरोसेल खोप : '११ दिनसम्म लगाइने , कुन कुन उमेर समूहले पाउँछन् ?'

सोमवार, आश्विन ४ २०७८

  • 833
    SHARES

  • आजदेखि भेरोसेल खोप :  '११ दिनसम्म लगाइने , कुन कुन उमेर समूहले पाउँछन् ?'

    काठमाडौँ, असोज । सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोविरूद्ध भेरोसेल खोप लगाइनेछ। आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लागिएको मन्त्रालयको भनाइ छ।

    मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्।

    यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ।सरकारले बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउने भएको छ। साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ।

    काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी छ।

    विभिन्न ५८ जिल्लामा ४५ वर्ष उमेर समूहमाथिका मानिसले खोप लगाउन पाउनेछन्। विद्यार्थीलाई पनि खोप लगाउन सरकारले प्राथमिकतामा राखेको छ।

    मनाङ, मुस्ताङ लगायत जिल्लामा भने सरकारले कोरोनाविरूद्ध खोप लगाइसकेको छ। पहिलो मात्रामा भेरोसेल खोप लगाइसकेका काठमाडौंका मानिसलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्रामा खोप लगाइनेछ।

    पहिलो मात्रामा करिब दुई लाख ४० हजारले भेसोसेल खोप लगाए पनि दोस्रो मात्राको खोप लगाउन पाएका थिएनन्।

    सोमवार, आश्विन ४ २०७८१०:५०:२४

    डेमो खबर

    सम्बन्धित समाचार