images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

फुट्यो एमाले निकट कर्मचारी सङ्गठन

फुट्यो एमाले निकट कर्मचारी सङ्गठन

आइतवार, आश्विन ३ २०७८

  • 689
    SHARES

  • फुट्यो एमाले  निकट कर्मचारी सङ्गठन

    काठमाडौँ, असाेज । ३१ वर्ष पछि एमालेको कर्मचारी सङ्गठन नेपाल निजामती कर्मचारी सङ्गठन औपचारिक रूपमा विभाजित भएको छ । माधव नेपाल निकट कर्मचारीहरूले केपी ओली निकट कर्मचारीहरूलाई कारबाहीको घोषणा गरी खाली ठाउँमा आफू निकट कर्मचारीहरूलाई मनोनीत गरेका छन् ।

    यसबाट विधिवत् रूपमा नेपाल निजामती कर्मचारी सङ्गठन दुई वटा भएका छन् ।केपी ओली निकट कर्मचारीहरूले केदार देवकोटालाई अध्यक्ष मानेका छन् ।

    गौतम यसअघि महासचिव थिए । माधव नेपाल निकट कर्मचारीहरूले अध्यक्ष देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायत १० जना कर्मचारीहरूलाई सङ्गठनबाट कारबाही गरेको घोषणा गरेका छन् ।

    दुबै पक्षले आधिकारिक ट्रेड युनियनमा फरक फरक नाम पठाएका छन्। ओली निकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा केदार देवकोटालाई पठाएका छन् भने माधव नेपाल निकट कर्मचारीहरूले मोहन घिमिरेलाई पठाएका छन् । केपी ओली निकट कर्मचारीहरूले आगामी माघ ७ र ८ गते सङ्गठनको महाधिवेशनको मिति तय गरेका छन् ।

    ओली निकट कर्मचारीले माधव नेपाल निकट कर्मचारीहरूले सङ्गठनको माइन्युटिङ र लेटर प्याड चोरी भएको आरोप लगाएका छन् । २०४७ सालमा नेपाल निजामती कर्मचारी सङ्गठनको स्थापना भएको थियो ।

    २०७३ जेठमा भएको आधिकारिक ट्रेड युनियनको चुनावमा उक्त सङ्गठनले सबैभन्दा बढी भोट ल्याएको थियो । २०५४सालमा एमाले विभाजित हुँदा पनि कर्मचारी सङ्गठन विभाजित भएको थिएन । यस पटक भने कर्मचारी सङ्गठन औपचारिक रूपमै फुटेको छ ।

    आइतवार, आश्विन ३ २०७८१०:१०:४०

    डेमो खबर

    सम्बन्धित समाचार