images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

संविधान दिवस : 'भारतका प्रधानमन्त्रीले दिए संबिधानको पहिलो पटक शुभकामना '

संविधान दिवस : 'भारतका प्रधानमन्त्रीले दिए संबिधानको पहिलो पटक शुभकामना '

आइतवार, आश्विन ३ २०७८

  • 1.1K
    SHARES

  • संविधान दिवस  :   'भारतका प्रधानमन्त्रीले दिए  संबिधानको पहिलो  पटक  शुभकामना '

    काठमाडौँ, असोज  । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गर्नुभएको हो । 

    संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उहाँले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीच मात्र रहेको उल्लेख गर्नुभएको छ ।

    अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा दोहोयाउनु भएको छ ।

    ओजपूर्ण एवम् बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने दुवै देशका जनताको साझा लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग निकटमा रहेर सहकार्य गर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री मोदीले बताउनुभएको छ । 

    हालसम्म बङ्गलादेश, श्रीलङ्का, म्यान्मा र लाओसका प्रधानमन्त्री तथा बेलारुसका परराष्ट्रमन्त्रीले शुभकामना सन्देश पठाउनु भएको तथा अन्य राष्ट्रबाट पनि शुभकामना प्राप्त हुने क्रम जारी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले राससलाई बताउनुभयो ।

    आइतवार, आश्विन ३ २०७८०९:५८:१८

    डेमो खबर

    सम्बन्धित समाचार