images
Logo

मंगलवार, कार्तिक ९ २०७८Oct 26 2021

images

२४ घण्टामा:थप १ हजार ६६ सङ्क्रमित,१६ को मृत्यु

२४ घण्टामा:थप १ हजार ६६ सङ्क्रमित,१६ को मृत्यु

शनिवार, आश्विन २ २०७८

  • 889
    SHARES

  • २४ घण्टामा:थप १ हजार ६६ सङ्क्रमित,१६ को मृत्यु

    काठमाडौँ, असोज पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण भएको हो । पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ८३ हजार ९१० पुगेको छ ।

    एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८८ हजार ८९० रहेको छ । पछिल्लो समय थप एक हजार २३४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ४८ हजार ८०० पुगेको छ । निको हुनेदर ९५ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

    हाल नेपालमा २३ हजार ६३६ जना होमआइसोलेशन, एक हजार ४४६ संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ३८९ आइसीयू र १२१ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ६३६ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २४६ रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्युदर १।५ प्रतिशत रहेको छ ।

    शनिवार, आश्विन २ २०७८०८:४९:१८

    डेमो खबर

    सम्बन्धित समाचार